युभेन्टसलाई कीर्तिमानी लगातार नवौँ लिग उपाधि
क्रिस्टियानो रोनाल्डोको लिगमा ३१ औँ गोल तथा फेडेरिको बर्नार्डेस्चीको दोस्रो हाफको गोलको मद्दतले साम्पडोरियालाई २–० गोलअन्तरले पराजित गर्दै लगातार नवौँ पटक इटालियन सिरिए ए को उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।
उपाधिका लागि मात्र तीन अंक आवश्यक रहेको युभेन्टले आफ्ना पछिल्लो ५ खेलमध्ये मात्र १ मा जीत हासिल गरेको थियो । पहिलो हाफको इन्जुरी समयमा रानाल्डोले गोल गर्दै युभेलाई अग्रता दिलाए । लिग पुनः सुरुवात भएपछि उनको यो १० औँ गोल थियो । दोस्रो हाफमा बर्नार्डेस्चीले सन् २०१८ को सेप्टेम्बरपछिको पहिलो गोल गर्दै युभेको जीत सुनिश्चित गरे ।
खेलमा डानिलो, पाउलो डिबाला र म्याथियस डि लिट घाइते भए पनि रोनाल्डोले खेलको अन्त्यतिर पेनाल्टी मिस गर्दै क्लबको कीर्तिमान बराबरी गर्नबाट चुके । यो सिजन ३१ गोल गरेका रोनाल्डोले सन् १९३३–३५ सिजनमा फिलिस बोरेलले बनाएको ३२ गोलको कीर्तिमान बराबरी गर्न सकेनन् ।
अब युभेन्टसले काग्लियारी र रोमाको सामना गनेछ भने १२ दिनपछि च्याम्पियन्स लिगमा लियोनसँग भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा