शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्जमा ३ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण

मङ्गलबार, १३ साउन २०७७, ०७ : ०१
मङ्गलबार, १३ साउन २०७७

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मी सहित १५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र १ जना महिला रहेका छन् । संक्रमित हुनेमा २३  वर्षका पुरूषदेखि ५६ वर्षका पुरूष रहेका छन् । 

कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थ्यकर्मी , कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका र कारखानामा कार्यरत कर्मचारीहरु पनि रहेका छन् । 

कोरोना संक्रमित पुष्टि हुनेमा १ जना उमी नगरपालिका इलाम जिल्लाका  रहेका छन् भने १ जना जिल्ला प्रहरी कार्यलय पर्साको थुनुवामा रहेका छन् । त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका २ जना वडा नम्बर ४ का २ जना वडा नम्बर ७ का २ जना वडा नम्बर  १३ का २ जना  वडा नम्बर २३ का १ जना रहेका छन् ।

बारा जिल्ला कलैया वडा नम्बर ५ का ४१ वर्षका एक पुरूष र कारखानामा कार्यरत तीन कर्मचारी रहेको डाक्टर सिंहले जानकारी दिए ।

साउन ७ गते देखि ११ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा १५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. सिंहले जानकारी दिए । 

संक्रमितहरुलाई हाल नारायणी अस्पताल अस्थायी विषेश करोना अस्पताल गण्डकको आइसोलेसन वार्ड ६१ जना संक्रमितहरुले भरिएका कारण ४२ जनालाई घरमै राखिएको छ ।  सोमबार राति १५ जना संक्रमण पुष्टि भएसंगै पर्सा जिल्लामा २ सय ७२ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप