शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभाको बैठक दोस्रो दिन पनि स्थगित

मङ्गलबार, १३ साउन २०७७, १५ : २५
मङ्गलबार, १३ साउन २०७७

पोखरा । गण्डकी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगित भएको हो । 
संसदमा दर्ता गराएको संकल्प प्रस्तावलाई बेवास्ता गरेको भन्दै काँग्रेसले सोमबार पनि बैठक बहिस्कार गरेको थियो । मंगलबार सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु भएको घोषणा गरे लगत्तै काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । 
काँग्रेसले बैठक बहिस्कार गरेपछि सभामुख अधिकारीले पटक–पटक बस्न आग्रह गरेका थिए । सहमति जुटाउनको लागि कार्यदल गठन गरिए पनि सहमति जुट्न नसकेको भन्दै उनले संकल्प प्रस्तावलाई साझा प्रस्ताव बनाउन खोजी रहेको बताए । 
सभामुख अधिकारीले सहमतिमा ल्याउने कोसिस गरे पनि विपक्षी दलका नेताहरुले नमानेपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए । सभाको अर्को बैठक साउन १६ गते दिनको  १ बजे बस्ने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप