जेएनयूमा मोदीको पराजय र वामपन्थको निरन्तरता

person access_timeभदौ २७, २०७४ chat_bubble_outline0


भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा सम्पन्न छात्र सङ्घको चुनावमा वामपन्थी विद्यार्थी सङ्गठनको संयुक्त प्यानलले निकटतम प्रतिद्वन्द्वी सत्तारुढ दल भारतीय जनता पार्टीको विद्यार्थी सङ्गठन एबीबीपीलाई क्लिनस्विप गरिदिएको छ । 
सङ्घको पदाधिकारीका मुख्य चारवटै पदमा तीनवटा बामपन्थी विद्यार्थी सङ्गठनको संयुक्त प्यानलले भारी मतान्तरले जित हासिल गरेको छ भने एबीबीपीले एक्लै सम्मानजनक दोस्रो स्थानका लागि पुग्ने मत परिणाम हात पारेको छ । यो मुख्य समाचार हो ।

गहिराइमा समाचार के छ भने संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार गीता कुमारी पानीपतले एबीबीपीका उम्मेदवार निधि त्रिपाठीलाई ४६४ मतले पराजित गरेकी छन् । गीता कुमारीले १५०६ र निधिले १०४२ मत प्राप्त गरेका छन् । 

पूर्वछात्र सङ्घका अध्यक्ष तथा चर्चित विद्यार्थी नेता कन्हैया कुमारको सङ्गठन अल इन्डिया स्टुडेन्ट फेड्रेसन (ASIF) का उम्मेदवार यतिबेला ४१६ मत पाएर पाँचौँ स्थानमै समेटिएका छन् । बरु एकजना अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार ४१९ मत पाएर चौँथो स्थानमा छन् भने बिरसा अम्बेडकर फुले छात्र सङ्घ (BAPSA) का उम्मेदवार ९३५ मत पाएर तेस्रो स्थानमा छन् । 

यो चुनावलाई मात्रै विद्यार्थी सङ्गठनको चुनावको रूपमा लिइनु हुँदैन । दक्षिण एसियाको सबैभन्दा ठूलो मुलुक भारतको आर्थिक, राजनीतिक र सामाजिक गतिविधिले त्यस मुलुकको दृश्यलाई मात्रै चित्रित गर्दैन ।  त्यसले सिङ्गो दक्षिण एसियाली समाजको समेत प्रतिनिधित्व गर्ने औकात राख्दछ । सबैभन्दा पहिले त यो चुनावी परिणामलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तासिन रवैया र त्यसप्रति विपक्षीहरूको प्रतिक्रियाका रूपमा लिन सकिन्छ । 

त्यस्तै अर्का एकजना स्वतन्त्रले २३ मत पाए भने अरू दुईवटा विद्यार्थी सङ्गठन NSUI ले ८२ र NOTA ले १२७ मत पाएका छन् । बाँकी २० वटा मतपत्र ब्ल्याङ्क र ५० वटा मत बदर भएका छन् । 

अन्य पद जस्तो कि उपाध्यक्षमा संयुक्त प्यानलका जोया खानले १८७६, महासचिवमा दुग्गिराला श्रीकृष्णले २०८२, ज्वाइन्ट सेक्रेटरीमा शुभान्सु सिंहले १७५५ मत पाएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी एबीबीपीका उम्मेदवारहरूले क्रमशः उपाध्यक्षमा दुर्गेश कुमारले १०२८, महासचिवमा निकुन्ज मकवानाले ९७५ र ज्वाइन्ट सेक्रेटरीमा पंकज केसरीले ९२० मत पाएका छन् । यो चुनावी गणित हो ।

महत्वका दुई प्रतिद्वन्द्वी 
विश्वविद्यालयमा सक्रिय सङ्गठनमध्ये संयुक्त र एकल गरी करिब ८ वटा विद्यार्थी सङ्गठन चुनावी मैदानमा उत्रिएका थिए । जसमध्ये तीनवटा विद्यार्थी सङ्गठन स्टुडेन्ट फेड्रेसन अफ इन्डिया (SFI), अल इन्डिया स्टुडेन्ट एसोसिएसन (AISA) र डेमोक्रेटिक स्टुडेन्ट फेड्रेसन (DSF) को संयुक्त प्यानल र भारतीय जनता पार्टीको विद्यार्थी सङ्गठन एबीबीपी (ABVP) बीचको प्रतिस्पर्धालाई निकै महत्वका साथ हेरिएको थियो । 

यी दुई सङ्गठनबीचको प्रतिस्पर्धालाई धेरै महत्वका साथ यस कारण हेरिएको थिइयो कि एबीबीपी सत्तारुढ दल बिजेपीको भातृ सङ्गठन हो । मुल पार्टी सत्तामा भएकै कारण उसको जितले सिङ्गो पार्टी र खास गरी प्रधानमन्त्री नरेन्द्र मोदीको पपुलारिटीको स्तर मापन, उसका गतिविधिहरूप्रति जन मूल्याङ्कन र उसले प्रयोग गर्ने दाम, साम, दण्ड र भेदको सूत्रलाई प्रतिविम्बित गरिरहेको थियो । 

त्यसै गरी बाम्पन्थी विद्यार्थी सङ्गठनले खास गरी आइसा र यसकी नेतृ सहेला रसिदको प्रतिनिधित्व गरिरहेको थियो । सहेला रसिद, जो जेएनयू छात्रसङ्घकी पूर्व उपाध्यक्ष पनि हुन् । उनले सार्वजनिक प्लेटर्फमहरूमा गर्ने हिन्दू राष्ट्रवादी र एबीबीपीको सबैभन्दा चर्को विरोध सायदै कसैले गरेको छ । 

उनका समकक्षी तथा जेएनयू छात्रसङ्घका अध्यक्ष कमरेड कन्हैया कुमारले बाहेक । यद्यपि यो चुनावमा कन्हैया र सहेलाको विद्यार्थी सङ्गठनले अलायन्स भने गर्न सकेनन् । जेएनयूदेखि दिल्ली युनिभर्सिटीसम्म, कर्नाटकदेखि हैर्दावाद युनिभर्सिटीसम्म एबीबीपीको निसानामा पछिल्लो समय सबैभन्दा बढी कङ्ग्रेसको विद्यार्थी सङ्गठनभन्दा बढी बामपन्थी विद्यार्थी सङ्गठनहरू परे । 

सबैभन्दा ठूलो र चर्चित विश्वविद्यालय भएका कारण मोदी राजनीतिको छिनाफानो जेएनयू भित्रै हुनुपर्ने कहर थियो । जुन भएको छ र यसबाट मोदीहरूले पाठ सिक्ने अपेक्षा गर्नु त बेकार हुनेछ, सबक पक्कै सिकेको हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ । त्यसैले बामपन्थी सङ्गठन र एबीबीपी नै वास्तविक प्रतिस्पर्धाका हकदार थिए । 

एबीबीपी हैन मोदी हार 
यो चुनावलाई मात्रै विद्यार्थी सङ्गठनको चुनावको रूपमा लिइनु हुँदैन । दक्षिण एसियाको सबैभन्दा ठूलो मुलुक भारतको आर्थिक, राजनीतिक र सामाजिक गतिविधिले त्यस मुलुकको दृश्यलाई मात्रै चित्रित गर्दैन । 

त्यसले सिङ्गो दक्षिण एसियाली समाजको समेत प्रतिनिधित्व गर्ने औकात राख्दछ । सबैभन्दा पहिले त यो चुनावी परिणामलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तासिन रवैया र त्यसप्रति विपक्षीहरूको प्रतिक्रियाका रूपमा लिन सकिन्छ । 

मोदी पछिल्लो समय धार्मिक कट्टरपन्थी, हिन्दू राष्ट्रवाददेखि छिमेकी मुलुकसम्म जबर्जस्ती लादिने कोसिस गरिरहेका शासक हुन् । यसको विरोधमा उनकै मुलुक भारत र दक्षिण एसिया क्षेत्रभर नै आवाज उठिरहेको छ । 

तर सत्ताको मातले बहुलाएको हिन्दू अतिवाद एबीबीपी जस्ता भाजपाका विङ्गसहरूले उसलाई सेलाउनभन्दा तातिनमा बढी उक्साइहेका छन् । पछिल्लो समय यो मोदी रवैयाको सबैभन्दा बढी विरोध कसैले गर्ने आँट गरेको छ भने त्यो भारतीय विद्वत वर्ग र बामपन्थी युवा विद्यार्थीहरू उमर खालिद, सहेला रसिद र कन्हैया कुमारहरूले नै गरेका छन् । 

चाहे त्यो दलित विद्यार्थी रोहित बेमुल्लाको हैदरावाद मृत्युकाण्ड होस्, चाहे कास्मिरी सेक्युरालिज्मको पक्षमा भएका प्रोटेस्ट । अझैँ भनाँै पत्रकार गौरी लंकेश हत्याकाण्डको सडक विरोध पनि । त्यसैले जब्बर बन्दै गैरहेको हिन्दू अतिवादीहरूको कट्टर फाँसीवादी अभ्यास र भारतीय त्रसित जनमतको एउटा भीडन्तका रूपमा बामपन्थी संयुक्त प्यानल र एबीबीपीको यस निवार्चनलाई हेर्न सकिन्छ । 

मोदीको सत्ताका अघोषित गेरुधारी सिपाहीहरू र उसका विरोधीहरूको यस चुनावी भिडन्तलाई त्यसैको पेरिफेरीभन्दा बाहिर रहेर हेरिनु हुँदैन । 

प्रशासनको बलमा एबीबीपीले विश्वविद्यालय हाताभित्र फैलाएको दङ्गामार्फत कन्हैयालाई सेडिसन चार्जमा फसाउन गरेको प्रयास अन्ततः विफल भयो । बरु कन्हैया कुमार एकै पटक बिहारबाट दिल्लीसम्म मौलाए । 

जेएनयूको पर्खालभित्र  
यो चुनावी परिणामलाई विश्वविद्यालयको घेरा पर्खालभित्र मात्रै राखेर हेर्ने हो भने पनि दुईवटा कोणबाट हेर्न सकिन्छ । पहिलो त स्थापना कालदेखि नै बामपन्थी विद्यार्थी सङ्गठनको वर्चस्व रहने गरेको यस जेएनयूमा बाम्पन्थी सङ्गठनको संयुक्त प्यानलले विजय हासिल गर्नुलाई सामान्य ढङ्गले हेर्न सकिन्छ ।

दोस्रो, विश्वकै सबैभन्दा ठूलो हिन्दू कट्टरपन्थी नरेन्द्र दामोदरदास मोदी प्रधानमन्त्री भएका बेला सत्ता र सम्पत्तिको बलमा सिङ्गो हिन्दुस्तानमा उदण्डता र फासिस्टपूर्ण अभ्यास गरिरहेको उनको पार्टी भाजपाको मूल सङ्गठन आरएसएसको ब्याकअपका रूपमा रहेको एबीबीपीसँग चुनावी मैदानमा उत्रिएर जित हात पार्नुलाई असामान्य ढङ्गले पनि हेर्न सकिन्छ ।

जेएनयू छात्रसङ्घका अध्यक्ष विद्यार्थी नेता कन्हैया कुमारलाई लगाइएको देशद्रोहको मुद्दा एउटा सामान्य परिघटना मात्रै थिएन र त्यो त्यतिमा मात्रै सीमित भएन पनि । हिन्दू धर्म मान्नेलाई राष्ट्रवादी र भारतीय देख्ने तर हिन्दू बाहेक विशेष गरी मुस्लिम धर्म मान्ने समुदायलाई अराष्ट्रवादी या अझैँ पाकिस्तानी देख्ने मोदी नजरले भारतका ठूलठूला विश्वविद्यालयहरू र सञ्चार माध्यमसम्मलाई पछिल्लो समय नराम्रो गरी गिजोली रह्यो । 

सन २०१६ को फेब्रुअरी ९ तारिखमा सबरमाती धावास्थित जेएनयूको होस्टेलमा ‘कस्मिरको आत्मनिर्णयको अधिकार’ र ‘२००१ को संसद बम हमलामा दोषी ठहर्याइएका अफजल गुरुको मृत्यु दण्डको विरोध’मा आयोजना गरिएको कार्यक्रमपछि जेएनयू क्षेत्र तनावग्रस्त बन्यो । 

प्रशासनको बलमा एबीबीपीले विश्वविद्यालय हाताभित्र फैलाएको दङ्गामार्फत कन्हैयालाई सेडिसन चार्जमा फसाउन गरेको प्रयास अन्ततः विफल भयो । बरु कन्हैया कुमार एकै पटक बिहारबाट दिल्लीसम्म मौलाए । 

अहिले पनि युट्युबमा खोजी नै राजनीतिज्ञको टप लिस्टमा पर्न थालेका छन् । भारतका ठूलठूला सहरका राजनीतिक कार्यक्रमका आकर्षण बन्न थालेका छन् । काङ्ग्रेस आइका विद्वावान नेता सशी थरुरले त निलो झण्डा देखाएर गतिलो प्लेटफर्म राज्न सार्वजनिक आग्रह नै गरे । 

बाहिर जति हाइहाइ भए पनि विश्वविद्यालय हाताभित्र भने क्याम्पस प्रशासनदेखि एबीबीपीको टार्गेटमा परेका छन् कन्हैया र सहेला । त्यसैको प्रतिफल थियो कन्हैयाको इनरोलमेन्ट सस्पेन्स, होस्टेल रेस्टिकेसन र पछिल्लो समय सहेलाले गरेको एमफिलको थेसिसलाई प्रशासनले ‘आधार’ माग गरेर रिजेक्ट गरिनु ।

सहेलाले त थेसिस रिजेक्ट भएपछि माइक्रो ब्लगिङमा ट्विट पनि गरेकी थिइन् ‘अब त म ट्वाइलेट जान पनि आधार चाहिने भयो ।’ विश्वविद्यालयको पर्खाल बाहिर सत्ता र शक्तिसँग सङ्घर्षरत जेएनयूको बाम्पन्थी आन्दोलन पर्खालभित्र पनि निरन्तर विजयको रातो झण्डा फहराउने कोसिस गरिरहेको छ, त्यो पनि झारखण्डमा माओवादी जनयुद्धले आधा शताब्दी कटाउनै लाग्दा । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ