सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुग्यो
बिहीबार, २२ साउन २०७७, ११ : २९
काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी चाँदी पनि बिहीबार बढेर तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । सुन र चाँदीको आज कायम मूल्य हालसम्मकै उच्च हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा