सैनिक र सशस्त्र विद्रोहीबीचको झडपमा ११ जना मारिए
मङ्गलबार, २७ भदौ २०७४, १८ : २०
कराकस – भेनेजुएलाको दक्षिणी राज्य बोलिभारको तुमेरेमो सहरमा भेनेजुएली सैनिक र सशस्त्र विद्रोहीबीच भएको झडपको क्रममा एघार व्यक्तिको मृत्यु भएको छ ।
मारिने व्यक्ति को हुन् भन्ने बारेमा खुल्न सकेको छैन । गस्तीमा रहेको सैनिक समूहमाथि हतियारधारीले आइतबार आक्रमण गरेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयानुसार आइतबार विहान ११ बजे सुरक्षा अधिकारी गस्ती गरिरहेको स्थानमा हतियारधारीले आक्रमण गरेपछि सो झडप भएको नागरिक मन्त्रालयले जानकारी दिएको छ । सैनिक गस्तीमा भएको सशस्त्र आतङ्ककारीको आक्रमणमा परी एक जना सैनिक घाइते भएका सेनाद्वारा जारी विज्ञप्तिमा जनाकारी दिइएको छ ।
यस घटनाको अनुसन्धान सुरु गरिएको छ । आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी नलिएको जानकारी पनि सैनिकद्वारा जारी विज्ञप्तिमा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?