गायिका सरुलाई उत्कृष्ट अवार्ड
मङ्गलबार, २७ भदौ २०७४, १८ : ५४
काठमाडौं – गायिका सरु गौतमले उत्कृष्ट अवार्ड हात परेकी छन् । ओएस नेपालले हालै राजधानीमा आयोजना गरेको ‘ओएस नेपाल म्युजिक अवार्ड २०७४’मा उनले आधुनिक गायिका तर्फ उत्कृष्ट अवार्ड हात पारेकी हुन् ।
आफ्नै शब्द तथा टंक बुढाथोकीको संगीत रहेको ‘के यो माया हो’ बोलको गीतबाट उनी अवार्डको हकदार बनेकी हुन् । बिभिन्न सांगीतिक कार्यक्रमको सिलसिलामा देश तथा बिदेशसम्मको यात्रा गरिसकेकी उनी अवार्डले गायनमा अझ राम्रो गीत संगीत श्रृजना गर्न हौसला मिलेको बताउँछिन् ।
केही बर्ष पहिले ‘अपार माया हाम्रो कहिले टुट्दैन’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी गायिका गौतमका ‘साईला मेरो साईला, तिम्रो र मेरो सम्बन्ध छुटयो’ जस्ता गीत चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा