फिल्म ‘झोला झाल’ को सुटिङ सुरु
फिल्म ‘झोला झाल’को सुटिङ सुरु भएको छ । दिनेश पाख्रिनको निर्माण रहेको फिल्मको सुटिङ सोमबार काठमाडौको शंखमुल चोकबाट सुरु भएको हो । कथा समेत निर्माता दिनेशकै रहेको फिल्मका निर्देशक आर.एल मोक्तान हुन् । फिल्ममा पटकथा, सम्बाद समेत निर्देशक मोक्तानकै रहेको छ ।
रोहित रुम्बा, कविता राय, कालु राना, रस्मी भट्ट, रमेश बस्नेत, रेसम फिरिरि, शैलेस पहारी, सविना मल्ल ठकुरी, श्रृजना मल्ल ठकुरी, पवन नगरकोटी, अनिल लामा, दिनेश पोख्रिनलगायतको अभिनय रहने फिल्म समसामाहिक बिषयमा निर्माण हुन लागेको हो ।
दीपक आलेमगर, मिलन श्रेष्ठ, कर्णबहादर बिष्ट, टेकेन्द्र निर्माता रहेको फिल्मको कार्यकारी निर्माता शेखर लामा हुन् ।
बिकाश चौधरीको संगीत रहने फिल्मको छायाँकन रामेश्वर केसीले गरिरहेका छन् । कोरोनाको महामारीको कारण सामाजिक दुरी कायम गर्दै सुरक्षा अपनाएर फिल्मको छायाँकन सुरु गरिएको निर्देशक आरएल मोक्तानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा