डुबानमा फसेका २४ जनाको उद्धार
मङ्गलबार, २७ साउन २०७७, २२ : २३
कैलाली । अविरल वर्षाका कारण डुबानमा फसेका धनगढी उपमहानगरपालिका–१९ लल्लिपुर बस्ती क्षेत्रका २४ जनालाई गएराति उद्वार गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीबाट सशस्त्र प्रहरी नायब निरीक्षक किसन सिंह टेरको कमान्डमा खटिएको ११ जनाको टोलीले उनीहरुको उद्वार गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।
नदी कटान भएर बगेका खोलामा पानी बढेर २५० देखि ३०० मिटरसम्म उक्त बस्तीको क्षेत्र जलमग्न भएको सशस्त्र प्रहरी नायब निरीक्षक टेरले बताए । डुबानमा फसेकाहरुलाई उद्धार गर्न झण्डै दुई घण्टा समय लागेको र उनीहरुलाई सुरक्षित स्थानमा सारी सकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा