शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमहासमिति सदस्य बुढाकोे निधनप्रति दुःख व्यक्त

शुक्रबार, ३० साउन २०७७, २० : २४
शुक्रबार, ३० साउन २०७७

नेपाली काँग्रेसले रुकुम पश्चिम बाफिकोट गाउँपालिका–१० निवासी पार्टीका पूर्वमहासमिति सदस्य प्रजित बुढाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेता बुढाकोे ५५ वर्षका उमेरमा यही साउन २८ गते स्थानीय त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
 
काँग्रेसले आज शोक विज्ञप्तिमार्फत उनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । बुढाले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप