शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी गाडी फसेपछि मेयरका उम्मेदवारले भने– पहिला पुल बनाउँछु !

बुधबार, २८ भदौ २०७४, १३ : २६
बुधबार, २८ भदौ २०७४

सिरहा– चुनावको समयमा प्रायः सवै उम्मेदवारहरुले जनजिविका र विकास निर्माणका मुद्धालाई प्राथमिकतामा राख्ने गर्छन् । यो वेलामा उनीहरुले गर्न नसक्ने सायद कुनैपनि विषय नै हुँदैनन । कसैले पुल बनाउने, कसैले सडक, ढल बत्तिजस्ता विषय त प्रायः सवै उम्मेदवारका प्रतिवद्धतामै पर्छन् । तर, निर्वाचनपछि भने उनिहरुले उठाएका विषय आफै विर्सने गरेका धेरै उदाहरण छन् । त्यसैले जनताले उनीहरुले गरेका प्रतिवद्धतामा खासै ध्यान दिन पनि छाडिसकेका छन् । 
तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत सिरहाको लहान नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बनेका मुनि साहले पनि यस्तै एउटा प्रतिवद्धता जनाएका छन् । जसलाई स्थानीयले खासै महत्व दिएका छैनन् । केही दिनअघि आफ्नो निर्वाचन प्रचारप्रसारमा निस्किएका साह सवार गाडी स्थानीय मुतनी खोलामा फस्न पुगेपछि उनले विषय पाइहाले । भने, ‘मेयरमा जितेपछि मेरो पहिलो काम यो नदीमा पुल बनाउने हुन्छ ।’ स् साह केही समय पहिला माओवादीबाट पार्टी परिवर्तन गर्दै एमाले प्रवेश गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप