नेपाल यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा, मलेसिया १० विकेटले पराजित
शनिबार, ३१ भदौ २०७४, १२ : १७
काठमाडौं– नेपाल मलेसियामा जारी यू–१९ इस्टर्न रिजन क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
मलेसियाले दिएको १२२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियाले ४२ ओभरमा मात्र १२१ रन बनाएर अलआउट भएको थियो ।
मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरी नायक बने । उनले ५ विकेट लिए भने पवन सर्राफले २ , रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले १–१ विकेट लिए ।
नेपालले अब उपाधिका लागि सिंगापुर र हङकङ मध्ये एक टीमसंग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा