आवासीय विद्यालय बनाउन रु ६५ लाख दिइने
काठमाडौँ -शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अपांगता भएका केही विद्यार्थीलाई छात्रवृत्ति तथा केही अपांगमैत्री आवासीय विद्यालय निर्माणका लागि सरकारले तत्काल रु ६५ लाख छुट्ट्याएको बताउनुभएको छ ।
नेत्रहीन युवा संघ नेपालको पाँचाँै साधारणसभाको उद्घाटन गर्दै उहाँले दृष्टिविहीन विद्यार्थीलाई चित्र, गणित र विज्ञानका विषयमा अध्ययन गर्न कठिनाइ रहेकाले पाठ्यक्रममा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष बाबुराम थापाले दृष्टिविहीनलाई लक्ष्य विद्यालय तथा कलेजमा पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेतले अपांगता भएकाहरुलाई शिक्षासम्बन्धी नेपालले गरेको प्रतिबद्धतानुसारको व्यवस्थाको माग गर्नुभयो ।
संघका अध्यक्ष कलाधर भण्डारी, महासचिव रामचन्द्र गैरे, अपांग महिला संघका अध्यक्ष निर्मला धिताल, नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेललगायतले दृष्टिविहीन तथा न्यून दृष्टिविहीन अपांगता भएकाहरुका लागि शिक्षामा पहँुच बढाउनुपर्नेमा सहभागीले सुझाव दिनुभयो ।
–––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी