शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन विश्व सम्मेलनका लागि युरोप संयोजकमा गंगाधर गौतमको उम्मेदवारी घोषणा

बिहीबार, ०५ असोज २०७४, १७ : ०३
बिहीबार, ०५ असोज २०७४

काठमाडौं–गैर आवासीय नेपाली संघको यूरोप संयोजकको पदमा  गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन् । 
नेपाली समाजको एकताको लागि संघलाई  एनसीसीहरुको साझा चौतारीका रुपमा यूरोप क्षेत्रलाई स्थापित गर्न उम्मेदवारी दिने बताएको छन् ।
गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्ष रहेका गौतमले  संस्थागत विकास र स्थायित्वमा जोड दिँदै आर्थिक पारर्दशीतालाई जोड दिने आफ्नो प्रतिवद्धतामा जनाएका छन्  । गौतमले गैरआवासीय नेपाली संघ बेल्जियमको उपाध्यक्ष भैसकेका गौतम र सल्लाहकारको भुमिका निर्वाह गरिसकेका  छन् ।
नेपाल रहेको समय नेपाली काग्रेंसको भातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीति सक्रिय थिए । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समितीको  ५ बर्ष  बेल्जियमको अध्यक्ष बनेका गौतम २००६ देखि  जनसम्पर्क समन्वय समिति युरोपको महामन्त्री छन् ।
गैर अवासीय नेपाली संघको आठौं विश्व सम्मेलन असौंजको २८ देखि ३१ सम्म राजधानीमा हुदैंछ । युरोप संयोजकका लागि स्विजरल्याण्डबाट चिकित्सक डा. विनय श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप