वीरगञ्जमा रोचक भिडन्त, ४० मतको अन्तरले काँग्रेस अगाडि
पर्सा । २ नम्बर प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाको मत गणना अत्यन्त सुस्त गतिमा भएको छ । ३२ वडा रहेको यो महानगरमा अहिलेसम्म २,३,४ र ३० गरी चार वडाको मात्र अन्तिम परिणाम आएको छ । जसमा जित हासिल गरेका छन् ।
मेयर पदमा राजपा र कांग्रेस उम्मेदवारबीच रोचक भिडन्त हुदै आएको छ । शुक्रबार ११ बजेसम्म झिनो मतले कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
कांग्रेस उम्मेदवारले ३९६० मत ल्याउदा प्रतिद्वन्द्वी राजपाले ३९२० मत ल्याएका छन् । त्यस्तै फोरम नेपाल तस्रो स्थानका लागि प्रतिश्पर्धा गरिरहेको छ । उसले ३५५० मत ल्याएको छ ।
बीरगञ्ज महानगरको पछिल्लो परिणाम यस्तो छ–
कांग्रेस –३९६०
राजपा –३९२०
फोरम नेपाल–३५५०
माओवादी केन्द्र–२४४९
एमाले –१९८१
फोरम लोकतान्त्रिक –१३२३
महानगरको मतगणना ११ स्थानमा गनिएपनि परिणाम आउन ढिला हुदा मतदता र समर्थकहरु दैनिक मतगणनास्थल आउदै फर्कने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा