दैलेखमा विप्लव समूहद्वारा राँके जुलुस
शुक्रबार, ०९ माघ २०७७, २१ : ५४
सुर्खेत । दैलेखमा प्रतिवन्धित गरिएको विप्लव समुहले राँके जुलुस निकालेको छ । दैलेखको ठाटीकाँधमा केही बेर अघि मात्रै विप्लवले राँके जुलुस निकालेको हो ।
भोलि १० गते नेपाल बन्द सफल पार्न राँके जुलुस निकालिएको विप्लवले जनाएको छ । राँके जुलुस सँगै विप्लव समर्थक कार्यकर्ताले राज्यबाट गिरफतार गरिएका कञ्चनसहित आस्थाका बन्दीलाई रिहाको माग गर्दै नारा जुलुस गरेका थिए ।
दैलेख जिल्लाका ११ ओटै स्थानीय तहमा राँके जुलुस निकालिएको छ भने सदरमुकाम आसपासका गाउँमा पनि विप्लवले राँके जुलुस निकालेको विप्लवका एक नेता कार्यकर्ताले बताए ।
उनले कसैले नेपाल वन्दको अवज्ञा गरेछ भने सोही जिम्मेवारी हुन र नेपाल बन्द सफलको लागि सबैमा सहयोगको आह्वान समेत गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा