शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उन्नतिलाई लाइफटाइम, गायनमा शिव र अञ्जु उत्कृष्ट

सोमबार, १२ माघ २०७७, १२ : ००
सोमबार, १२ माघ २०७७

काठमाडौं । गायक शिव परियार र गायिका अञ्जु पन्त उत्कृष्ट गायक गायिका ठहरिएका छन् । आइतबार साँझ सम्पन्न सातौं ‘नेशनल क्यापिटल अवार्ड २०७७’ उनीहरु उत्कृष्ट ठहरिएका हुन् ।
क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा आयोजित अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट गीतकार उन्नती शीला बोहोरा सम्मानित हुँदा रंग पत्रकार शान्ति प्रियले पत्रकारिता रजत सम्मान प्राप्त गरे ।

गीतकार युवराज अधिकारी, गायक छिरिङ भुटिया, संगीतकार सन्तोष श्रेष्ठ, च्याङ्बा लामा, घनश्यामराज कर्णिकार, दिनेश लगायत सम्मानित भएको कार्यक्रममा गीतसंगीतका थुप्रै कलाकारले समेत अवार्ड चुपे ।
कार्यक्रममा सञ्जय गुरुङ, सीता केसी, विकास चौधरी, श्रेया दुलाल, चिरञ्जीवी भण्डारी, इन्दु बानिया, अनिता गिरी, मन्जु पौडेल, नवीन पौडेल लगायत ४ दर्जन कलाकर्मीले अवार्ड प्रप्त गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप