शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन मुख्यमन्त्री राउतको सुझाव

मङ्गलबार, ११ फागुन २०७७, २२ : १६
मङ्गलबार, ११ फागुन २०७७

जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सर्वोच्च अदालतको फैसला सही रहेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री राउतले सर्वोच्च अदालतको फैसलाले जनताको जीत भएको र प्रधानमन्त्री ओलीको हार भएकोले उनले नैतिकताको आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई सुझाए ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर गरेपछि मुख्यमन्त्री राउतले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरेका छन् ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला सुनाएसँगै मुख्यमन्त्री राउतले अदालतले संविधानको रक्षा गरेको बताए । उनले सर्वोच्चले आफ्नो संवैधानिक दायित्व पुरा गरेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप