शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण भारतीय फिल्म ‘थिरिमाली’ मा स्वस्तिमा

आइतबार, १६ फागुन २०७७, ११ : ०८
आइतबार, १६ फागुन २०७७

 

अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म उद्योगमा (साउथ इन्डियन फिल्म) डेब्यु गर्ने भएकी छन् । फिल्म ‘थिरिमाली’ मार्फत उनले साउथ अभिनयमा डेब्यु गर्न लागेकी हुन् । फिल्म अभिनय बिषयमा धेरै अगाडि हल्ला भएपनि अहिले भने उनले कागती रुपमा सम्झौता हालै गरेकी छन् । स्वस्तिमाले सामाजिक सञ्जाल मार्फत आफूले साउथ फिल्म ‘थिरिमाली’ साइन गरेको जानकारी दिएकी हुन् ।

फिल्म ‘थिरिमाली’मा उनी मुख्य भन्दा पनि सहायक भुमिकामा अनुबन्धित भएकी हुन् । भूमिका जे भएपनि  सिक्न र करिअरमा अगाडि बढाउन फिल्मले आफूलाई मद्दत पुग्ने स्वस्तिमाले बताइन् ।

स्वस्तिमा अहिले निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म ‘चिसो मान्छे’ अभिनय गर्दछन् । यो फिल्मको छायाँकन सकाएपछि उनले ‘थिरिमाली’लाई समय दिनेछिन् । फिल्मको छायाँकन चैत पहिलो साताबाट सुरु हुने बताइएको छ । 

स्वस्तिमाले महंगो पारिश्रमिक बुझेर फिल्ममा आबद्ध भएको बुझिएको छ । तर, फिल्ममा उनको भूमिकाबारे भने निर्माण टिमले कुनै जानकारी दिएको छैन । राजिव सेट्ठीले निर्देशन गर्ने फिल्मको ७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायांकन हुनेछ । फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज्सँग नेपालको तर्फबाट अनन्या फिल्मस्ले सहकार्य गरेको छ । 
 
फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहने जानकारी प्राप्त छ । नेपाली, हिन्दीसँगै दक्षिण भारतका विभिन्न भाषामा फिल्म निर्माण हुनेछ । निर्माण टिमले फिल्मको मोशन पोस्टर समेत सार्वजनिक गरिसकेको छ । काठमाडौं र मुस्ताङमा फिल्मको छायांकन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप