ad
केन्द्रीय संस्करण
दोषपूर्ण दलतन्त्रमा रुपान्तरण कसरी ?

पुँजीवादीले बिगार्‍यो भन्ने उत्पीडित–हिनताबोधबाट हामी कहिले निस्कने ?

बाहिरबाट हेर्दा वैचारिक रूपमा सबैभन्दा ल्वाँदे, नैतिक रूपमा भ्रष्ट मानिस नै पटक पटक सत्तामा माथि जाने देखिएको छ : दोभान राई, अभियन्ता

person explore access_timeफागुन १७, २०७७ chat_bubble_outline1

 

 

पत्रपत्रिका टिभीमा हेरेर र आक्लझुक्कल यस्ता खालका कार्यक्रममा सहभागी हुँदा आफूभन्दा ठूलो मान्छेबाट सुनेको कुराबाट मैले बनाएको धारणा हो । अलि परबाट हेर्दा सडकमा आएर टाउको कन्याउनुपर्ने, पटक पटक मन्थन गर्नुपर्ने अहिलेको विजोग एकतरिकाले मलाई सामान्य र स्वाभाविक नै लाग्छ । किनभने हामीले सङ्घीयता, राणातन्त्र, राजतन्त्र, पुँजीवाद लगायतका बहुसंघर्षहरु एकै पटक गर्दैछौं । एक हिसाबले अरूले २ सय वर्षमा गरेका संघर्षहरु हामीले ४०, ५० वर्षमा गर्दै गरेको सघन इतिहास छ ।  यो हाम्रो भाग्य र दुर्भाग्य पनि हो ।

दलतन्त्रको कुरा गर्दा मलाई दलहरूको ‘डाइनामिक्स’ (गतिशीलता) अचम्म लाग्छ । त्यहाँ भौतिक विज्ञानका फरक फरक नियमहरु लागू हुने गर्छन्, त्यहाँ फरक ‘डाइनामिक्स’ हुने गर्छन् । हामीले बाहिरबाट हेर्दा वैचारिक रूपमा सबैभन्दा ल्वाँदे, नैतिक रूपमा भ्रष्ट मानिस नै सत्तामा माथिमाथि जाने मात्रै होइन, अझ पटक पटक जाने देखिएको छ । शेरबहादुर देउवालाई बाहिरबाट हेर्दा यस्तो मानिस कसरी प्रधानमन्त्री भयो होला जस्तो लाग्छ, तर उनी नै पटक पटक प्रधानमन्त्री हुन्छन्,  फेल भएर पनि ऊ त्यहीँ रहन्छ । केपी ओली भन्ने मान्छे ठीक होइन भनेर मैले बच्चादेखि सुन्दै आएको हो । राजनीतिबारे थाहा नहुँदा नै पनि अरूको गफगाफमा केपी ओली चाहिँ खत्तम मान्छे भन्ने सुनेको हो । तर उनी शक्तिमा रहँदा केपीले नै नेपाललाई नयाँ निकास दिन्छन् भनेर सबैले भन्दा म छक्क पर्थें । त्यो हिसाबले भन्दा ओहो यो त कहिल्यै बुझेर बुझिनसक्नुरहेछ, त्यहाँ भौतिक विज्ञान, रसायन विज्ञानका नियमहरु सबै नै फरक छ भन्ने जस्तो लाग्ने हामीलाई ।

अहिले मेरो फोकस भनेको के हो भने– ओली के गर्छ, मैले सुन्दै सुन्दिनँ । त्यसो गर्दा आफ्नो मानसिक उर्जा खर्च गरेको जस्तो मात्रै हुन्छ । अबको ५, १० वर्षमा कस्तो नेतृत्व आउँछ त ? फेरि ओलीनै पो आउने हुन् कि ? उनीभन्दा पनि खतरनाक पात्र पो आउने हुन् कि ? म चाहिँ यो ‘नियोकरप्सन’ भन्छु । फर्केर आएका नेपाली भन्छन्, अङ्ग्रेजी बोल्छन्, मार्केटिङ सिक्छन् तर, भित्रबाट उही सामन्ती मानसिकताबाट आएको छ कि भन्ने हुन्छ ।

त्यो हिसाबले मलाई युवा भएर तिमीहरूको बूढाको काम छैन भनेर भन्न पनि मन लाग्दैन । म अहिलेसम्म पढ्नेलेख्ने भएको, पढ्न पाएको, यतिको बोल्न पाएको, पहिलो पुस्ताले गरेको बलिदानकै आधारमा हो । मलाई अकृतज्ञ हुन मन लाग्दैन ।  म चाहिँ के भन्छु भने नेपाल देशको रुपमा ठूलो घाइते थियो । ठूलो ठूलो चोट लाग्दा त्यो ब्यान्डेज लगाउन पर्‍यो । त्यही भएर २००७ सालमा काँग्रेसको नेतृत्वमा हुन्छ कि २०३६/४६ सालमा फरक फरक नेतृत्वमा तपाईं आफैँ नै हुनुहुन्छ फ्रन्टलाइनमा, तपाईंहरु आफैंका कति घाउ– ट्रमाहरू होलान् । त्यो हिसाबमा त्यो घाउ पुर्दापुर्दा कयौँ दल, नेता तथा बुद्धिजीवीहरू पनि आफ्नै घाउको एउटा ब्यान्डेज बनिसकेका छन् । त्यो नै आफैंमा संक्रामक भइसकेको छ ।  त्यसलाई फेर्न नयाँ आउनुपर्नेछ । अहिले मेरो फोकस भनेको के हो भने– ओली के गर्छ, मैले सुन्दै सुन्दिनँ । त्यसो गर्दा आफ्नो मानसिक उर्जा खर्च गरेको जस्तो मात्रै हुन्छ । अबको ५, १० वर्षमा कस्तो नेतृत्व आउँछ त ? फेरि ओलीनै पो आउने हुन् कि ? उनीभन्दा पनि खतरनाक पात्र पो आउने हुन् कि ? म चाहिँ यो ‘नियोकरप्सन’ भन्छु । फर्केर आएका नेपाली भन्छन्, अङ्ग्रेजी बोल्छन्, मार्केटिङ सिक्छन् तर, भित्रबाट उही सामन्ती मानसिकताबाट आएको छ कि भन्ने हुन्छ ।

त्यो हिसाबमा आज पुरानो कुरा नगरौं, समाधानको कुरा गरौँभन्दा मैले ठम्याएका तीनवटा कुरा छन् । म आफूलाई समाजवादी पनि भन्छु, मलाई हाम्रा बहस  कहिलेकाहीँ प्रतिक्रियात्मक र रक्षात्मक भएजस्तो लाग्छ  ? भन्नाले केन्द्रमा हिरो चाहिँ पुँजीवादी हो । हामीले यसलाई प्रतिरोध वा छुटिभिन्न मात्रै गर्ने ? अथवा त्योबारे अलिकति रचनात्मक छलफल –बहस पनि हुनुपर्यो ।  हामीले केही बनाउन खोजेको हो भने पुँजीवादीले यो बिगार्‍यो, रोक्यो, हाम्रो मान्छे लाग्यो भनेको जस्तो त्यो एउटा उत्पीडितको हिनताबोधबाट हामी कहिले निस्कने ? त्यो पनि लाग्छ ।

अघि क्यारेट कम्युनिष्टका कुरा उठे । कहिलेकाहीँ हामी विचारधारात्मक प्रष्टता र गौरवबोधमा  भ्रमित हुन्छौं जस्तो लाग्छ । किनभने समय परिर्वतन हुँदैछ  । त्यसैले त्यसमा गतिशीलता र सुधार चाहियो । तर यसको अर्थ दक्षताका लागि भनेर हाम्रा मूल्यमान्यता, प्राथमिकतामा सम्झौता गर्ने होइन ।  हाम्रा प्रक्रिया र दृष्टिकोणहरुलाई आधुनिकीकरण गर्नुपर्छ कि ?  त्यही भएर कहिलेकाहीँ ठ्याक्कै उल्टो पनि हुन्छ । कर्मकाण्डमा स्टालिनको फोटो राख्ने भनेर कठोर हुन्छौं तर त्यसको सारमा चाहिँ हामीले सम्झौता गर्न पुगिरहेका छौं ।  त्यो एकदमै कर्मकाण्डी कम्युनिस्ट भए जस्तो लाग्छ ।

एपिजेनेटिक्स (Epigenetics) ले पनि भन्छ : परिस्थितिले मानिसलाई परिर्वतन गर्छ  । त्यसअनुसार परिस्थितिले हाम्रो मनोविज्ञानलाई कसरी परिवर्तित गराइदिन्छ भन्ने कुरालाई पनि हामीले हेर्नुपर्छ । निर्माण भंगको कुरा गर्दा सामर्थ्य केलाई मान्ने ? विवेकी (स्मार्ट) कसलाई भन्ने ? सफल कसलाई मान्ने ? केलाई राम्रो भन्ने? त्यो कुरालाई हामीले भंग गरेर आधारमा जानुपर्छ जस्तो लाग्छ । मानिसमा डर हावी भएपछि उसले सुपरम्यान खोज्न थाल्छ । ट्रम्प, मोदीमा त्यही भएको हो । पुँजीवादले पनि त्यही गर्छ ।

अघि राजेन्द्र महर्जनले पनि उठाउनु भयो –हाम्रो मानसिकताका कुरा, सुपरम्यान बनाउने कुरा । हुनत हामी  विचारको कुरा गरौँ, मान्छेको कुरा नगरौँ भन्छौँ । त्यो हिसाबले पनि होला खालि सिद्धान्तको मात्रै कुरा गर्ने । तर मलाई मान्छेको कुरा पनि गर्नुपर्छ भन्ने लाग्छ । अहिले ओली हैन, ओली प्रवृत्ति भन्छौं, हाम्रा मनोवैज्ञानिक सवालहरु,  मानवीय भय र अहंकार, महत्वाकांक्षा जस्ता कुराले कस्ता कस्ता मानिसहरु सत्ताप्रति आकर्षित हुन्छन् ?  सत्तामा पुगेपछि मानिस कसरी परिर्वतन हुन्छ ? १७ वर्षको प्रचण्ड, २७ वर्षको प्रचण्ड, छापामार प्रचण्ड र अहिलेको प्रचण्डमा कतिको फरक छ ? एपिजेनेटिक्स (Epigenetics) ले पनि भन्छ : परिस्थितिले मानिसलाई परिर्वतन गर्छ  । त्यसअनुसार परिस्थितिले हाम्रो मनोविज्ञानलाई कसरी परिवर्तित गराइदिन्छ भन्ने कुरालाई पनि हामीले हेर्नुपर्छ । निर्माण भंगको कुरा गर्दा सामर्थ्य केलाई मान्ने ? विवेकी (स्मार्ट) कसलाई भन्ने ? सफल कसलाई मान्ने ? केलाई राम्रो भन्ने? त्यो कुरालाई हामीले भंग गरेर आधारमा जानुपर्छ जस्तो लाग्छ । मानिसमा डर हावी भएपछि उसले सुपरम्यान खोज्न थाल्छ । ट्रम्प, मोदीमा त्यही भएको हो । पुँजीवादले पनि त्यही गर्छ । तपाईंलाई असुरक्षित बनाइदिने, एकअर्कासँग प्रतिस्पर्धी र सशङ्कित बनाइदिने र त्यो ठाउँमा सामुहिकता र सम्बन्धहरुबाट पाउने विश्वास र सुरक्षालाई उपभोक्तावादको माध्यमबाट सुपरम्यान खोज्ने स्थिति पैदा गराइँदैछ । त्यो काम फासीवाद पुँजीवाद दुवैले गरिरहेको छ । त्यही भएर फेरि हामीले सुपरम्यान नहेर्ने,  मानवीयतामा शक्ति–तागत कसरी भेट्ने ? मानवीय विश्वासलाई कसरी निर्माण गर्ने ? त्यो  मनोवैज्ञानिक प्रक्रियामा जान सक्नुपर्छ ।

मेरो तेस्रो बुँदा : हाम्रा समस्याहरु एकदमै जटील छन् । शताब्दीसम्म अन्धकारमा बसेर बल्ल हामीले अलिकति घामको  झुल्को देख्न पाएको हो । थुप्रै आन्दोलनहरुमा हामीले एकैचोटी गर्दैछौं । त्यसमाथि अघि पूर्व वक्ताहरुले भन्नुभएझैं आन्तरिक बाह्य हमला पनि छ । यो कुरालाई हमला गर्नका लागि हामीले समाजवाद भनेर मात्र पुग्दैपुग्दैन । यो टेबललाई उठाउनु पर्यो भने त्यो कुनाबाट उठाए पनि यो कुनाबाट उठाए पनि लड्छ । तपाईंले चारै कुनाबाट उठाउन पर्‍यो नि !  त्यो हिसाबले जटील समस्याहरुको निरुपणका लागि जटील समाधान र गहिरो चिन्तन पनि चाहिन्छ । त्यही भएर मैले एउटा लेख पनि लेखेको थिएँ । समाजवाद, नारीवाद र पर्यावरणवाद  भन्छु म, त्यो ३ वटै कुरा नमिस्सिइकन  बन्ने समाजवाद भाले समाजवाद हुन्छ । अहिले हामी यहाँ कति जना भाले छौँ, हेरौँ । यो भाले समाजवादबाट हामी निकास पाउँदै पाउँदैनौँ । किनभने भाले भाले मात्रै भएपछि त्यहाँ कसको सिउर ठूलो भन्ने मनोवैज्ञानिक लडाइँ भइहाल्छ ।

दलका व्यवहारलाई कसरी सार्वजनिक बनाउने ? अघि कुराहरु उठे  । श्याम सरले भन्नुभयो शशी श्रेष्ठ सुन्न मात्रै आउनुभएको हो । उहाँ किन वक्ता भएर आउनु हुँदैन भन्ने पनि लाग्छ । तपाईंहरू सबै जना दिग्गज विद्वान् हुनुहुन्छ तर यस्तो पनि होइन कि यहाँ महिला अटाउन सक्दैनन् । आज मैले सुनेका भन्दा पनि कैयौं खतरा खतरा कुराहरु अरु महिलाहरुबाट पनि सुनेको छु । त्यो कसरी छुटिरहेको छ ?  फेरि मान्छेको झुण्ड झुण्ड भएपछि वास्तविकताभन्दा परका (आउट अफ रियालिटी) पनि हुन सक्छन् । भिन्न तहमा आउट अफ रियालिटी पो भइरहेको हो कि ?  त्यो हिसाबमा मैले फेरि विवेकशील साझाको रवीन्द्र मिश्रको जस्तो पार्टी एकदम सतही, निष्ठाको वा अरु सबै खराब म मात्रै राम्रो भन्ने अलि उग्रपन्थवाला त हैन, तर प्रणालीगत विश्लेषणसँगसँग हामीले मनोवैज्ञानिक रुपमा आफैलाई प्रश्न गर्ने पनि बनाउनुपर्छ जस्तो लाग्छ ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. March 3, 2021, 11 p.m. मदन पाखरिन (तामाङ )
    परिस्थिति ले मनिस परिवर्तन गराउछ । अब हामी युवा पनि आफ्नो देश को परिस्थिति लाई नियाल्न जरुरी छ ।
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.