नारी दिवसमा फिल्म ‘आमा’ र ‘कुमारी’ प्रदर्शन हुने
काठमाडौँ । चलचित्र विकास बोर्ड तथा ब्रिटिश काउन्सिल नेपालको संयुक्त आयोजनामा पुरानो दुई नेपाली फिल्म ‘आमा’ तथा ‘कुमारी’ प्रदर्शन हुने भएका छन् ।
१ सय ९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर बोर्डले २४ फागुनमा ऐतिहासिक महत्व बोकेका दुई नेपाली फिल्म प्रदर्शन हुन लागेका हुन् ।
फिल्म हेरेर चलचित्र बिकाश बोर्ड र ब्रिटिश काउन्सिले तत्कालिन अवस्थामा फिल्ममा नारीको भूमिका र अहिलको अवस्थामा नारीको भूमिका बिषयमा एक कार्यपत्र तयार गर्ने उदेश्यले दुई पुराना फिल्म बोर्डमा प्रदर्शन हुन लागेको चलचित्र बिकाश बोर्डका अध्यक्ष्य दयाराम दाहालले बताए ।
‘आमा’ विसं २०२० मा निर्माण भएको पहिलो नेपाली फिल्म हो, ‘कुमारी’ २०२७ मा निर्माण भएको पहिलो नेपाली रंगीन फिल्म हो ।
सोही दिन ‘सांस्कृतिक कलाकृतिका रुपमा चलचित्र’ तथा ‘चलचित्रमा महिलाको अवस्था’ विषयक एक दिने अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना हँुदैछ । जसमा अभिनेत्री भुवन चन्द, चैत्यदेवि सिंह, मिथिला शर्मा, गौरी मल्ल, रक्षा सिंह राणा, रेखा थापा, ऋचा शर्मा लगायतले महिलाको बिषयमा बोल्नेछन् ।
कार्यक्रममा बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्रकर्मी शबनम् मुखिया लगायतले फिल्मको सांस्कृतिक महत्व, नेपाली फिल्ममा महिलाको अवस्थाको बारेमा पनि आफ्नो धारणा राख्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा