मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त
सोमबार, २३ चैत २०७७, १४ : ०१
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जारी गरेको ऋणपत्र (डिबेन्चर) बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ ।
बैंकले १ हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
डिबेन्चर बिक्री प्रबन्धक सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्म राज चालिसेले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी