बेलायतबाट नक्कली–सक्कली नोट छुट्याउने मेसिन ल्याइँदै
बिहीबार, २६ चैत २०७७, १५ : ४९
काठमाडौं । नेपाल राष्ट्र बैंकले बेलायतबाट ११ लाख ५७ हजार २ सय ९९ डलर बराबरको नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट सो मेसिन ल्याउन लागेको जनाएको छ । सबैभन्दा कम मूल्यमा यही कम्पनीले बिडिङ गरेको थियो । सो मेसिनले नक्कली, सक्कली, झुत्रा नोट छुट्याउनेछ ।
यो कम्पनीले बिड गरेको आजको विनिमय दरअनुसार नेपाली रुपैयाँ १३ करोड ७७ लाख ७ हजार रुपैयाँ पर्न जान्छ । केन्द्रीय बैंकले आशयपत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट मेशिन ल्यान लागेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा