कास्की काँग्रेसका सभापति केसीलाई कोरोना संक्रमण

पोखरा । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफ्ना पिताको देहावसान भएर काजकिरियामा रहेको अवस्थामा अस्वस्थ भएपछि सोमबार राती अस्पताल भर्ना भएका केसीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सभापति केसीको उपचारकै क्रममा पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको हो । उनमा कोरोना पोजेटिभ देखिए पनि परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको केसीका छोरा सरोज केसीले दिएको जानकारी दिए ।
उनका अनुसार केसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको पोखरास्थित चरक मेमोरियल अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । यसैबीच कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले सभापति केसीसँग तत्कालका लागि भेटघाट नगर्न आग्रह गरेका छन् । उनले एक अपीलमार्फत सभापति केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनी आइसोलेशनमा रहेकाले भेटघाट नगर्न आग्रह गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन