भारत-पाकिस्तान तनाव
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन
शनिबार, २७ वैशाख २०८२, २२ : ०८
सारांश
- शनिबार साँझ ५ बजेदेखि भारत र पाकिस्तानबीच युद्धविराम लागू भएपनि, पाकिस्तानले ३ घण्टापछि उल्लंघन गर्यो।
- जम्मू कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएस पुरा, साम्बा, उधमपुरमा पाकिस्तानी पक्षबाट गोलीबारी भइरहेको छ।
- राजौरीमा गोलाबारी र उधमपुरमा ड्रोन आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
- जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले युद्धविरामको उल्लंघनप्रति असन्तुष्टि जनाए।
नयाँदिल्ली । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेदेखि युद्धविराम लागू भएपनि त्यसको ३ घण्टापछि पाकिस्तानले युद्धविराम उल्लंघन गरेको छ ।
राति ८ बजेदेखि जम्मू कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएस पुरा, साम्बा, उधमपुरमा पाकिस्तानी पक्षबाट गोलीबारी भइरहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
सञ्चारमाध्यामहरुका अनुसार राजौरीमा गोलाबारी गरिएको छ भने उधमपुरमा ड्रोन आक्रमण भएको छ । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले भने, ‘यो कस्तो प्रकारको युद्धविराम हो ? श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण