भारत-पाकिस्तान तनाव
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन
शनिबार, २७ वैशाख २०८२, २२ : ०८

समाचार सारांश
- शनिबार साँझ ५ बजेदेखि भारत र पाकिस्तानबीच युद्धविराम लागू भएपनि, पाकिस्तानले ३ घण्टापछि उल्लंघन गर्यो।
- जम्मू कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएस पुरा, साम्बा, उधमपुरमा पाकिस्तानी पक्षबाट गोलीबारी भइरहेको छ।
- राजौरीमा गोलाबारी र उधमपुरमा ड्रोन आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
- जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले युद्धविरामको उल्लंघनप्रति असन्तुष्टि जनाए।
नयाँदिल्ली । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेदेखि युद्धविराम लागू भएपनि त्यसको ३ घण्टापछि पाकिस्तानले युद्धविराम उल्लंघन गरेको छ ।
राति ८ बजेदेखि जम्मू कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएस पुरा, साम्बा, उधमपुरमा पाकिस्तानी पक्षबाट गोलीबारी भइरहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
सञ्चारमाध्यामहरुका अनुसार राजौरीमा गोलाबारी गरिएको छ भने उधमपुरमा ड्रोन आक्रमण भएको छ । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले भने, ‘यो कस्तो प्रकारको युद्धविराम हो ? श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अध्ययन : कर्मचारीभन्दा राजनीतिक नेतृत्वबाट बढी भ्रष्टाचार
-
इजरायल र इरानमा रहेका नेपालीहरूको लागि ट्राभल एडभाईजरी जारी
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया