बागमतीमा आइतबारबाट युवा सम्मेलन
हेटौँडा । हेटौँडामा आइतबारबाट युवा सम्मेलन हुँदैछ । नीति निर्माण, सिप तथा उद्यम र प्रविधिमा युवाहरूको भूमिका र अवस्थाका विषयमा छलफल गर्ने गरी प्रदेश युवा परिषद् बागमती प्रदेशले युवा सम्मेलन आयोजना गर्ने भएको हो ।
वैशाख २८ देखि ३० गतेसम्म हेटौँडामा हुने प्रदेश युवा सम्मेलन आयोजना गरिने परिषद्का उपाध्यक्ष सन्तोष चौँलागाईले बताए । बागमती प्रदेश सहित अन्य प्रदेशबाट युवाहरूको सहभागिता रहने गरी कार्यक्रम तयारी गरिएको उनले बताए । सम्मेलनमा बागमती प्रदेशसहित अन्य प्रदेशका ३०० बढी युवाको प्रत्यक्ष सहभागिता रहने उनको भनाइ छ ।
सम्मेलनमा सहभागिताका लागि प्रदेश युवा परिषद् भएका सुदूरपश्चिम, लुम्बिनी प्रदेशबाट ५÷५ जना र परिषद् नभएका प्रदेशको सामाजिक विकास मन्त्रालयको सिफारिसमा १०/१० जना युवाहरूलाई सहभागी गराइने उनले बताए । सो बाहेक अनलाइन मार्फत १५० जना सहभागी छनौट गरिएको उनले बताए । सम्मेलनमा प्रदेशका ५० स्थानीय तहबाट युवा उद्यमीहरूको सहभागिता रहने उनले बताए ।
सम्मेलनले प्रदेश स्तरमा युवाको नीति संवाद, सीप विकास, रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्ने उनले बताए ।
‘तेस्रो शृङ्खलासम्म आइपुग्दा प्रदेश युवा सम्मेलनमा ७ प्रदेशका युवाहरू सहभागी बन्ने वातावरण निर्माण भएको छ । प्रत्यक्ष रूपमा ३०० बढी युवाहरू समेटिए पनि राष्ट्रिय टेलिभिजन, सामाजिक सञ्जाल र परिषद्को वेबसाइट मार्फत डिजिटल माध्यमबाट युवालाई सम्मेलनमा सहभागी गराउने योजना बनाइएको छ’ उनले भने ।
सम्मेलनमा कृषिमा नवप्रवर्तन र युवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरूसँग प्यानल छलफल र कार्यशाला गोष्ठी हुने उनको भनाई छ । सम्मेलनमा सहभागीहरूलाई नेपालकै पहिलो सुरुङ मार्ग रहेको चुरियामाई मन्दिरको अवलोकन भ्रमण र हाइकिङ साथै युवामा सकारात्मक सोच विकासका लागि प्रतिभा र कला प्रदर्शनी गरिने उनले बताए ।
सम्मेलनमा व्यावसायिक सीप, अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषि उद्यम लगायत विषयमा प्रशिक्षण र कार्यशाला सत्र राखिएको समेत उनले बताए । सम्मेलनको उद्घाटन कार्यक्रम पूर्व विभिन्न भेसभुसा, सांस्कृतिक झाँकी, नेपाल प्रहरीको ब्यान्ड बाजा सहित रयाली गरिनेछ भने सम्मेलन पश्चात् घोषणापत्र समेत जारी गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण