शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मनहरीमा सवारी दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

शुक्रबार, १० वैशाख २०७८, २० : ४३
शुक्रबार, १० वैशाख २०७८

मकवानपुर । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 
मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–९ खरङ्गा निवासी बर्ष ३५ को कुमार राना मगर रहेका छन् भने घाइतेको पहिचान खुल्न सकेको छैन ।
पूर्व पश्चिम राजमार्ग अन्तरगतको मनहरी गाउँपालिका वडा नम्वर–९ खरङ्गास्थित सडकखण्डमा हेटौंडातर्फ आउँदै गरेको ना ५ प ४७४० नम्वरको ट्रकले सोही दिशातर्फ गाइरहेको ना १ ह ७१८४ नम्वरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो । 
दुर्घटनामा अटोमा सवार एक राना मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
घाइते २ जनालाई उपचारको लागि हेटौँड–११ स्थित चुरेहिल अस्पतालमा ल्याएर उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव हेटौँडा अस्पतालस्थित शव गृहमा ल्याइएको छ । 
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप