सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैंकिङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

बुधबार, १५ वैशाख २०७८, ०८ : २८
बुधबार, १५ वैशाख २०७८

काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका–६ साँखु घर भएका कैलाश प्रसाद श्रेष्ठ र चन्द्रागिरी नगरपालिका–१० घर भएका नारायण आचार्य छन् ।

पुर्ण बहादुर तामाङलाई दिएको चेक बाउन्स भएको मुद्दामा कैलाशलाई गत फागुन १७ मा उच्च अदालत पाटनले ३० लाख जरिवाना र ७ दिन कैद हुने फैसला गरेको थियो ।

पासाङ लामाको जाहेरीले ०७७ फागुन १७ मा उच्च अदालत पाटनले ३३ वर्षीय नारायण आचार्यलाई १४ दिन कैद र २७ लाख ५० हजार जरिवानाको फैसला गरेको छ ।

कैलाशलाई सिनामंगल र नारायणलाई गुर्जुधाराबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंको आदेशले कारागार चलान गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोकी प्रवक्ता (एसपी) गंगा पन्तले रातोपाटीलाई बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप