चोरीको मोटरसाइकलसहित एक जना पक्राउ
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-९ बाट आइतबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका २ घर भइ हाल भक्तपुरको निकोशेरा बस्दै आएका २९ वर्षीय विकास थिङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो ।
वास्तविक नम्बर परिवर्तन गरेर बा ८३ प ९० ३७ नम्बर राखी चलाइरहेको अवस्थामा थिङलाई आज मध्यान्ह १२ बजे ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका थिङलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।
बागमती प्रदेश ०२-०२४ प २१ ३९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल काठमाडौंको काडाँघारी लाहुरे चोकबाट हराएको भनि मोटरसाइकल धनि रामेछापको खाँडा देवी गाउँपालिका ६ का निर्मल केसिले गत मंसिर १९ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकल सहित थिङ पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण