नार्कमा ४६ प्रतिशत दरबन्दी रिक्त
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क ) मा ४६ प्रतिशत दरबन्दी रिक्त रहेको पाइएको छ । नार्कको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा १ हजार ८२३ दरबन्दीमध्ये करिब ४६ प्रतिशत पदहरू रिक्त भएको जानकारी गराइएको हो ।
नेपालभन्दा राम्रो अवसर पाएर विदेश पलायन हुने, अवकाश हुने र २०५४ सालयता एक पटक मात्रै पदपूर्तिको दरबन्दी खुलाएकाले ४६ प्रतिशत दरबन्दी रिक्त रहेको नार्कले जनाएको छ ।
दरबन्दीमध्ये वैज्ञानिक ४१३ पद र प्राविधिक अधिकृतको ३३३ रिक्त छ । हाल भइरहेको पदपूर्ति कार्यबाट वैज्ञानिक पदमा १० प्रतिशत र प्राविधिक अधिकृत पदमा १९ प्रतिशत गरी जम्मा १५ प्रतिशत कर्मचारी थप हुने अपेक्षा गरिएको नार्कले उल्लेख गरेको छ ।
नार्कको बाली तथा पशुपन्छीका जातीय तथा नस्ल विकास, कृषि प्रविधि विकास, स्रोत सामाग्री उत्पादन, जैविक विविधता संरक्षण, सामाजिक– आर्थिक तथा नीतिगत अनुसन्धान र प्रविधि हस्तान्तरण, सेवा तथा परामर्श लगायत मुख्य कार्य क्षेत्र हुन् । जनशक्ति अभावका कारणले यी कार्य सोचे बमोजिम हुन नसकेको बताइएको छ ।
नार्क वि.सं. २०४८ वैशाख २५ मा “नेपाल कृषि अनुसन्धान ऐन, २०४८ अन्तर्गत स्थापित स्वायत्त सरकारी संस्था हो । नार्कले वैशाख २५ लाई स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण