यूरोप, अमेरिकामा रोजगारी दिने भन्दै ठगी बढेपछि सचेत रहन मन्त्रालयको आग्रह
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरूमा वैदेशिक रोजगारीको अवसर भन्दै ठगी बढेको भन्दै सचेत रहन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता मुलुकहरूमा वैदेशिक रोजगारी पठाउने भन्दै ठगीका घटना बढिरहेको भन्दै मन्त्रालयले सचेत गराएको हो ।
त्यस्तो प्रकारको ठगीमा संलग्न रहेको पाइएमा वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । ऐनको दफा ४३ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जनावापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
ऐन विपरीत रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरूमा रोजगारीको अवसर छ भनेर सामाजिक सञ्जालहरूमा भ्रामक सूचना प्रेषित गर्ने र आम नागरिकमा भ्रम सिर्जना गरी आर्थिक रूपमा ठगी गर्ने गरेको भन्दै मन्त्रालयले सचेत गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण