मध्यपूर्वमा रहेका नेपालीहरुले आईतबार ६ सयवटा अक्सिजन सिलिन्डर नेपाल पठाउँदै
नेपालमा कोरोनाको बढ्दो महामारीमा अक्सिजनको अभावले धेरै नेपालीहरुले ज्यान गुमाइरहेको बेलामा मध्यपूर्वी मुलुकमा रहेका गैरआवासीय नेपालीहरुले अक्सिजन सिलिन्डर खरीद गरी नेपाल पठाउने तयारी गरेका छन् । गैर आवासीय नेपाली संघ(एनआरएन) एनसीसी ओमन लगायत अन्य मध्यपूर्वका एनसीसीहरुको सहयोग र नेपाली राजदूतावास ओमानको पहलमा ६ सय थान अक्सिजन सिलिन्डर नेपाल पठाउन लागेको हो।
प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिन्डर खरिद प्रक्रिया सकिएको र आउँदो आइतबारसम्म नेपाल पुर्याउने लक्ष्य रहेको ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन) का अध्यक्ष विकल झाले रातोपाटीलाई बताए । उनले भने,६ सय थान अक्सिजन सिलिन्डर खरिद भइसकेको छ, जतिसक्दो छिटो नेपाल पठाउँछौं । गरी हामी अहिले लजिस्टिकको पार्टमा काम गर्दैछौं । अक्सिजन सिलिन्डर नेपाल पठाउनका लागि मस्कटस्थित दूतावाससँग समन्वय गरिरहेको पनि उनले बताए । ढिलोमा आइतबारसम्म सिलिन्डर नेपाल जान्छ।
खाडी मुलुकमा रहेका नेपालीहरुको स्वतस्फूर्त सहयोगमा करिब ७५ लाख लागत पर्ने नेपाली रुपैयाँ बराबरको अक्सिजन सिलिन्डर नेपाल पठाउन लागिएको हो। यता गैरआवासीय नेपाली संघ (एनआरएन) को अन्तर्राष्ट्रिय समन्वय समितिले नेपाल सिलिन्डर पठाउन आर्थिक स्रोतको कमी हुन नदिने बताए पनि सिलिन्डरको रकम सकेसम्म खाडीमा रहेका गैर आवासीय नेपालीहरुको सहयोगमा नै तिर्ने गरी काम अघि बढाएको एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा