सुरुङ खनेर रौतहटका ६ घरबाट चोरी
मङ्गलबार, ३१ असोज २०७४, १६ : ०४
रौतहट–रौतहटको मौलापुर नगरपालिकाका ६ घरमा चोरी भएको छ । चोरले ती घरबाट लाखौं मुुल्य बराबरको धनमाल चोरेर लगेका छन् ।
सोमवार राती चोरहरुले सुुरुङ खनेर मौलापुुर नपा १ मर्यादपुुर टोलका हृदय बैठा धोबी, महेन्द्र साह कानुु, रामाज्ञा यादव, भजुुराम महतो, राधेश्याम पटवा, सुुरज तिवारीका घरमा सुुरुङ खनेर ६ लाख बराबरको धनमाल लगेका हुन् ।
धोबीको घरबाट नगद दुुई लाख,चाँदीको हँसुुली १ थान,चाँदीको गोँडाई २ थान,कानुुको घरबाट नगद ४० हजार, यादवको घरबाट नगद ५० हजार लगेको पीडितहरुले बताएका छन् ।
त्यस्तै महतोको घरबाट नगद एकलाख ५० हजार, पटवाको घरबाट ६० हजार र तिवारीको घरबाट नगद एकलाख र एकथान लाभा कम्पनीको साधारण मोबाईल चोरेको पीडित परिवारले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय बिजयपुुरका प्रमुख धर्म मुुडभरीले घटनाबारे छानबीन भईरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत
-
स्पेनिस ला–लिगा फुटबलमा जिरोना र एलाभेसले अंक बाँडे
-
‘गर्भपतन गर्नु कुनै ‘पाप’ होइन’
-
शीर्ष स्थानमा रहेको कोलकातालाई दौडबाट बाहिरिएको मुम्बईको चुनौती
-
काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर