हेलम्बुका बाढी पीडितलाई राहत वितरण
आइतबार, ०६ असार २०७८, २३ : ५१
हेल्प डेक्स खैरहनी चितवनले शनिवार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाका बाढीबाट विस्थापित घरपरिवारहरूको लागि सोलार तथा राहत सामग्री वितरण गरेको छ । हेल्प डेस्कले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाका लागि बाढीबाट विस्थापित ४ सय घरपरिवारका लागि चार्जरयुक्त सोलार तथा खाद्यान्न र औषधी लगायतका सामग्री वितरण गरेको हो ।
हेल्प डेस्कले नेपाली सेनामार्फत बाढीबाट विस्थापित परिवारलाई १० थान सोलार, २० थान बत्ती, २० बोरा भुजा, ५ बोरा चिउरा, ५ बोरा दालमोठ, ७ बोरा बिस्कुट, २० कार्टुन चाउचाउ तथा स्वास्थ्य सामग्री वितरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा