शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भैली खेलेको रकमबाट विद्यालयमा सौर्य बत्ती

सोमबार, ०६ कात्तिक २०७४, १५ : १०
सोमबार, ०६ कात्तिक २०७४

जाजरकोट - यहाँको कुशे गाउँपालिका–५ स्थित रामचन्द्र प्राथमिक विद्यालयलाई भैली खेलेको रकमबाट सहयोग स्वरुप सौर्य बत्ती उपलब्ध गराइएको छ । 

स्थानीय पाँचकाटियाका युवा–युवतीले भैली खेलेर जम्मा गरेको रु ४० हजार बराबरको रकमबाट विद्यालयलाई सौर्य उर्जाको उपकरण किनेर उपलब्ध गराएकोे प्रधानाध्यापक नीमबहादुर ओलीले वताउनुभयो । 

भैली खेलेको रकमबाट भोजलगायत अन्य फजुल खर्च गर्नेहुने गरेको थुपै उहाहरण देखिएको अवस्थामा पाँचकाटियाका युवा–युवतीले सकारात्मक सन्देश दिएको स्थानीयवासी रामबहादुर पुनले बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप