शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन एयरलाइन्सलाई अन्तरराष्ट्रिय अवार्ड

बुधबार, १५ कात्तिक २०७४, १९ : २४
बुधबार, १५ कात्तिक २०७४

काठमाडौं – हिमालयन एयरलाइन्सले अन्तराष्ट्रिय अवार्ड पाउन सफल भएको छ । नेपालको निजिस्तरको अग्रणी विमान सेवा प्रदान गर्दै आइरहेको हिमालयलन एयरलाइन्सले  ‘लिडिङ इण्टरनेशनल एयरलाइन्स इन साउथ एशिया  अवार्ड (साटा) २०१७०’ प्राप्त गरेको हो । 

 गत शनिवार  माल्धिप्समा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको एयरलायन्सले जनाएको छ ।उक्त अन्तराष्ट्रिय अवार्ड हिमालयन ययरलाइन्सले पाएको पहिलो ठूलो अन्तराष्ट्रिय अवार्ड हो । 

 गान अन्तरराष्ट्रिय विमानस्थलका जनरल म्यानेजर एबिस्थिहम अहमद शैयदले हिमालयन एयरलाइन्सका ब्राण्ड तथा सर्भिस विभागमा प्रमुख उजल्ला दलीलाई उक्त अवार्ड प्रदान गरेका थिए ।

 गत मे ३१ देखि ३१ अगष्ट सम्म गरिएको अनलाइन भोटिङका आधारमा उक्त अवार्ड प्राप्त गरेको एयरलाइन्सले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप