शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

होटलको सङ्ख्या बढ्दै,  तारे होटल मात्रै १ सय २०

शनिबार, १० असार २०७४, १६ : २४
शनिबार, १० असार २०७४

काठमाडौं– पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारे तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ ।

आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आर्थिक वर्ष २०७२/७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरको होटल सङ्ख्या ११६ रहेकोमा आव २०७३/७४ को प्रथम आठ महिनासम्ममा यो सङ्ख्या बढेर १२० पुगेको छ । 
तारास्तर बाहेकका पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७२/७३ सम्म ९६० भएकोमा आव २०७३/७४ को प्रथम आठ महिनासम्ममा ९८५ पुगेको छ । 

यस्तै तारास्तरका होटलको श्याको सङ्ख्या पनि क्रमशः वृद्धि भएको छ । आव २०७२/७३ मा नौ हजार ७१० भएकोमा आव २०७३/७४ को प्रथम आठ महिनामा चार प्रतिशतले बढेर १० हजार ७१ शैया पुगेको छ । 

ताराबाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७३/७४ को प्रथम आठ महिनासम्ममा २८ हजार १७१ पुगेको छ । त्यसैगरी अघिल्लो वर्षको तुलनामा क्यासिनो सञ्चालनको सङ्ख्या पनि बढेको छ । 

आव २०७२/७३ मा तीन क्यासिनो सञ्चालन भएकोमा आव २०७३/७४ को प्रथम आठ महिनामा दुई वटा थप भई हाल पाँचवटा सञ्चालनमा रहेका छन् । त्यस्तै, तीन वटा मिनी क्यासिनो र एक अनलाइन ग्यामिङ सञ्चालनमा रहेको जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप