शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोलोम्बिायामा खानी विस्फोट दुइको मृत्यु ११ बेपत्ता

शनिबार, १० असार २०७४, १७ : ४९
शनिबार, १० असार २०७४

बोगोटा – मध्य कोलोम्बियामा अवस्थित एक स्थानीय खानी शुक्रबार विस्फोट हुदाँ दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । 

आधिकारीक जानकारीअनुसार बेपत्ता कामदारको खोजीको लागि उद्धाराकार्य जारी रहेको छ । 

उत्तर बोगोटाबाट ९० किलोमिटर उत्तरमा पर्ने कुन्दिनामार्का राज्यको कुकुनुबा सहरमा रहेको सो खानी विस्फोट भएको थियो । 

अधिकारीहरुका अनुसार यस विस्फोटनको कारण हालसम्म प्रष्ट नभएको र यस विस्फोटमा परी अन्य एक व्यक्ति घाइते भएका छन् । 

शुक्रबार बिहान सवेरै दिएको जानकारीअनुसार यस विस्पोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ बेपत्ता भनिएको थियो । तर पछि उक्त सङ्ख्या परिवर्तनसहितको समाचार दिइएको थियो । 

औपचारिक भ्रमणको क्रममा फ्राँस पुगेका कोलोम्बिया राष्ट्रपति जुआन म्यानुएल सान्तोसले ट्वीटरमार्फत आफू पिडितको साथमा रहेको बताए । 

सो खानीमा फर्सेका कामदारहरुलाई उद्धार गर्नको लागि राति पनि प्रयास जारी रहेको संकटकालीन व्यवस्थान एकाइका निर्देशक विलसन गर्सियाले बताएको छ । रासस/एएफपी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप