शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली कांग्रेस विपीको घोषणा पत्र सार्वजनिक

बुधबार, २९ कात्तिक २०७४, १५ : ४७
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं– राष्ट्रियताको सम्वद्र्धन गर्ने संकल्पसहित नेपाली काँग्रेस विपी पार्टीले बुधबार आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । 

पार्टीका अध्यक्ष हरिबोल भट्टराईले काठमाडाैंमा एक कार्यक्रमका बीच आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा राष्ट्रको स्वतन्त्रता, स्वाभिमान र प्रजातन्त्रको रक्षा गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । 

अध्यक्ष भट्टराईले आफ्नो पार्टीले शासन व्यवस्थामा इमान्दारिता तथा जनताप्रतिको प्रतिबद्धतालाई व्यापक बनाउन चाहेको स्पष्ट पारे । 

पार्टीको घोषणा पत्रमा नेपाली काँग्रेसलाई  विपीको आर्दशबाट विचलित भएको आरोप लगाइएको छ । पार्टीले मुलुकमा आर्थिक, सामाजिक रुपान्तरण गर्दै गरिवी अन्त्य गर्ने संकल्प पनि गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप