शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१०७ जनालाई पछि पार्दै भारतकी मानुषीलाई मिस वर्ल्डको ताज (फोटोफिचर)

शनिबार, ०२ मङ्सिर २०७४, २१ : ११
शनिबार, ०२ मङ्सिर २०७४

काठमाडौँ । भारतकी मानुषी चिल्लरले सन् २०१७ को मिस वर्ल्डको ताज पहिरेकी छिन् । सन् २००० मा प्रियंका चोपडाले यो ताज जितेको १७ वर्षपछि भारतले फ्रेरि यो उपाधि हात पारेको हो ।

चीनको सान्या सहरमा आयोजित भव्य कार्यक्रमबीच विभिन्न देशका १०७ प्रतिस्पर्धीलाई पछि पार्दै चिल्लरले यो उपाधिमाथि कब्जा जमाइन् ।

उनलाई सन् २०१६ की मिस वर्ल्ड प्युट्रो रिकोकी स्टेफेनी डेल भालेले ताज पहाराइदिइन् ।

वेलायत, फ्रान्स, केन्या र मेक्सिको टप फाइभमा पुगेका थिए ।

२१ वर्षीय चिल्लर हरियाना राज्य हुन् । उनी यसअघि फेमिना मिस इन्डिया घोषित भएकी थिइन् । उनी हाल दिल्लीमा बस्दै आएकी छिन् । सोनीपतको मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छिन् ।

उनका मातापिता दुवै डाक्टर हुन् । 

नेपालकी निकिता चन्दक टप ४० सम्म पुग्न सफल भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप