शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ अडिसनका लागि प्यूठानका नृत्य प्रतिभाहरु छनोट

शनिबार, ०२ मङ्सिर २०७४, २१ : २२
शनिबार, ०२ मङ्सिर २०७४

प्यूठान – कालिका विकास केन्द्र नेपाल प्यूठानको सभाहलमा भएको अडिसनमा प्यूठान जिल्लाका अधिकाशं ठाउँहरुबाट प्रतियोगीहरु सहभागी भएका थिए ।

 
नृत्यमा सहभागी २१ समुह मध्ये १५ समुह छनोटमा परेका छन् । कार्यक्रममा सहभागी मध्येमा छनोटमा परेका तारा केसी समुह, इसा एम.सी, सुशीला केसी, उषा ठेडी, आकाश थापा, संगीता पुन मगर, सजना बस्नेत, जीवन पुन मगर, सुरक्षा के सी, प्रविण घर्ती मगर, विमल घर्ती मगर, मुस्कान शाही (गोर्खाली कृयुज), मेघा पुन, शतिस वि.क. समुह, र भुमिका सेडीले दाङ घोराहीमा मेगा अडिसनमा भाग ल्याउने  भएका छन् । सहभागी मध्ये  सवै भन्दा सानो उमेरकी रविना के एमको नृत्य राम्रो मानी उई आर वान ग्रुपले प्रोत्साहन स्वरुप पुरुस्कार समेत प्रदान गरेको छ । 


प्यूठानबाट छनोटमा परेका उक्त सहभागीहरुले मंसिर ९ गते दाङमा मेगा अडिसनमा भाग ल्याउने प्रमोद श्रेष्ठले बताए । डि–टेन इन्टरटेन्मेण्ट प्रा.लि. दाङको आयोजान र उई आर वान प्यूठानको सहकार्यमा शनिवार प्यूठान अडिसन सम्पन्न भएको हो । जिल्लामा लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यका साथ वइ आर वान प्यूठानका युवाहरुको समुहले कार्यक्रम आयोजनाका लागि पहल गरेको श्रेष्ठ बताए । 


डि आई डिका रणनैतिक संयोजक विष्णु कुमार देवकोटाको अध्यक्षतामा भएको  कार्यक्रमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान प्यूठानका अध्यक्ष तुकमान सिंह कार्की रहेका प्रतियोतिमा कालिका विकास केन्द्रका अध्यक्ष यादव भण्डारी र डि आई डिका अनिता महतराले मुल्यांकन गरेका थिए । साथै उई आर वानका सचिव प्रमोद कर्माचार्य, सदस्यहरु रञ्जन कक्षपति, उपाध्यक्ष एलिजा श्रेष्ठ, सनम परियारको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप