गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर गरेर पीडितहरूको रकम फिर्ता गर्ने बताएका छन् ।
शुक्रबार मन्त्रालयमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरूसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर त्यसबाटै पीडितहरूको रकम फिर्ता गरिने बताएका हुन् । उनले आफूले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको र सो प्रस्तावमा सिङ्गो मन्त्रिपरिषद् नै एक ठाउँमा उभिएको बताए ।
अनुसन्धान र कानुनी प्रक्रिया लामो समय जाँदा पीडितलाई झन् धेरै समस्या थपिएको भन्दै उनले कानुनी प्रक्रिया चल्दै गर्दा नै सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न भने ढिलो गर्नु नहुने बताए । उनले सम्पत्ति रोक्का गरेर तत्काल कानुन बनाएर सो सम्पत्तिलाई बेचबिखन गरी फिर्ता गर्न सुरुवात गरिने बताए । उनले सरकारले यस सम्बन्धमा निर्णय नै गरिसकेको बताए । उनले चाँडै नै फरार रहेका, प्रमाणित भएका, ठगी गरेका मानिसहरूको सम्पत्ति रोक्का गरेर त्यसबाट पीडितहरूलाई न्याय दिने क्रमको सुरुवात हुने बताए ।
गृहमन्त्री लामिछानेले सहकारीको पैसा ठगेका र हाल सो पैसा तिर्छु भन्नेहरूका लागि पनि पैसा तिर्ने अवसर दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा रासायनिक मल वितरण
-
फ्रान्सको खतरनाक लय : विपक्षीलाई तर्साउँदै ‘सुपरस्टार’हरूको टोली
-
सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन सकेन : सरकार
-
इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण