शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आइतबार, ०३ मङ्सिर २०७४, ०६ : ०९
आइतबार, ०३ मङ्सिर २०७४

आजको राशिफल

बि.स.२०७४ मंसिर ०३ गते । आईतबार । ईश्वी सन् २०१७ नोभेम्बर १९ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । मार्ग शुक्ल पक्ष । तिथि प्रतिपदा २८ घडी २७ पला,५ बजेर ५२ मिनेट उप्रान्त द्धितिया । नक्षत्र अनुराधा ३७ घडि ४८ पला,बेलुका ९ बजेर ३६ मिनेट उप्रान्त ज्येष्ठा । योग अतिगण्ड ३९ घडि ३८ पला,रातको १० बजेर २० मिनेट उप्रान्त सुकर्मा । करण वव,बेलुका ५ बजेर ५२ मिनेट उप्रान्त वालव । आनन्दादिमा मृत्यू योग । 

चन्द्रराशि बृश्चिक । विश्व शौचालय दिवस। काठमाडौंमा सूर्योदय ६ बजेर २९ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०८ मिनेट जादा । दिनमान २६ घडी ३९ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानि गरे पनि आम्दानि नहुँने हुँनाले दैनिक गुजार ऋणलिएर चलाउँनु पर्ने बाध्यता आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको शुरुवात हुँनेछ भने जीवन साथिको सहयोग नपाउँदा कामहरु थाति रहनेछन् । पढाई लेखाई अथुरै रहनेछ भने नतिजा अरुतिर जानेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथ मावलि पक्षको सहयोग पाईने हुँनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुँनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने भएको हुँनाले न्याय पाएको अनुभुति हुँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य सम्बन्धि बिशेषगरि पेट सम्बन्धि समस्याले सताईरहनेछ । व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुँनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुँन सक्छ भने एकोहोरो माया प्रेमले सताउँनेछ । सन्तान तथा छोराछोरिबाट तपाईको काममा सहयोग हुँनेछैन । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुँनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुँनेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनिति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा नाँफा कमाउँन निकै नै समय दिनु पर्नेछ । बोल्ला ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुँनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे धन सम्पति जोड्न सकिनेछ । बिलाशि तथा भौतिक सम्पतिको प्रयोग गर्न पाईने हुँनाले अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण मजबुत हुँनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) रुपैया पैसा कमाउँने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुँने हुँने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा अगि आउँन सकिनेछ ।  

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन कमाउँन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भएपनि गन्तब्य पहिल्याउँन मुस्किल पर्नेछ । पढाई लेखाईमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारि स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन । व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । प्रेममा धोका हुँने अधिक सम्भावन रहेकोछ ।

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट :  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप