शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महेश बस्नेतले भने–ढुङ्गानालाई सम्मान, मलाई मतदान

आइतबार, ०३ मङ्सिर २०७४, १५ : ३३
आइतबार, ०३ मङ्सिर २०७४

भक्तपुर– नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्व मन्त्री महेश बस्नेतले जनताले नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई सम्मान र आफूलाई मतदान गर्ने दावी गरेका छन् । 

पूर्व मन्त्री बस्नेतले ढुंगानालाई सम्मान र आफूलाई मतदान गरेर विजयी गराउन काँग्रेस कार्यकर्ता नै तयार रहेको पनि बताए । 

आईतबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ उनले भक्तपुरका जनतासँग घुलमिल हुँदै आएको र विकास निर्माणको काममा समेत अग्रणी भूमिका निर्वाह गरेकाले आफू निर्वाचनमा विजयी हुने बलियो आधार भएको पनि बताए । उनले आफ्ना प्रतिष्पर्धी ढुंगाना काँग्रेसकै कार्यकर्तासँग पनि परिचित नभएको दावी समेत गरे ।

पूर्व मन्त्री बस्नेतले निर्वाचनमा पराजय हुने देखेपछि विपक्षीले आफूमाथि मतदातालाई प्रभावित तुल्याउन पैसाको चलखेल गरिरहेको आरोप लगाएको भन्दै आक्रोश पनि व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप