कांग्रेसलाई मधेसीसँगको तालमेल सकस: वामलाई चुनौती दिदै बनाएको गठबन्धन किन देखिएन मधेसमा प्रभावकारी ?
महोत्तरी-३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका अर्का अध्यक्ष शरत्सिंह भण्डारी भिड्दै छन् ।
त्यसो त मधेसका प्रायः सबै जिल्लामा कांग्रेस र मधेस केन्द्रित पार्टीका उम्मेदवार आपसमा प्रतिस्पर्धी छन् । संविधान संशोधनका लागि मधेसमा भोट माग्दै गरेका राजपा र फोरमका संयुक्त उम्मेदवारहरू त्यही मुद्दा उठाएर मधेस छिरेको कांग्रेससँग प्रतिस्पर्धारत हुँदै गर्दा लोकतान्त्रिक धुरीको मत विभाजित हुने प्रस्ट देखिएको छ ।
कांग्रेस नेत्री यादव भन्छिन्, ‘परिस्थिति यस्तो छ, पार्टीले यसबारे गम्भीर समीक्षा गर्नुपर्ने हो । अहिले हामी सबै निर्वाचनको दौडमा भएकाले यसबारे खासै कुरा उठेको छैन तर राजपाका लागि भनेर कांग्रेसले आफ्नो उम्मेदवार फिर्ता लिँदा मेरो ठाउँमा चाहिँ अर्को राजपा अध्यक्ष आइदिने ? ’
एमाले र माओवादी केन्द्र मिलेर चुनावी गठबन्धन बनाएपछि कांग्रेसले मधेसी पार्टी, राप्रपालगायतसँग मिलेर लोकतान्त्रिक गठबन्धनको घोषणा गरेको थियो ।
कांग्रेसले चुनामा समेत वाम गठबन्धनझैं आफूहरूले संयुक्त उम्मेदवारी दिने घोषणा गरेको थियो । लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन कमल थापा नेतृत्वको राप्रपालाई सरकारमा समेत सहभागी गराइयो ।
वाम गठबन्धनलाई चुनौती दिने गरी कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाए पनि मधेसमा त्यो प्रभावकारी देखिएन ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा