शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिगमा अर्को किर्तिमान भंग गर्ने दाउमा रोनाल्डो

मङ्गलबार, ०५ मङ्सिर २०७४, ०९ : ४९
मङ्गलबार, ०५ मङ्सिर २०७४

साइप्र्रस । क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा अर्को किर्तिमान भंग गर्ने दाउमा छन् । 

रियल म्याड्रिडका फरवार्डले आज एपोएलविरुद्ध गोल गरे उनी एउटै क्यालेन्डर वर्षमा प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन् ।

हुनत  १६ गोलसहित यो किर्तिमान उनैको नाममा छन् । सन् २०१५ मा ३२ वर्षीय खेलाडीले च्याम्पियन्स लिगमा १६ गोल गरेका थिए । 

तर, उनले यो उपलब्धि पछिल्ला ११ महिनामा नै पार गरेका छन् ।

यदी समूह चरणका अन्तिम दुई खेलमा गोल गरे, उनी प्रतियोगिताको इतिहासमा एकै वर्ष १७ गोल गर्ने पहिलो खेलाडी बन्नेछन् ।

समूह एचमा आज जिनेदिन जिदानको टोलीले एपोएलको सामना गर्दैछ भने डिसेम्बर ६ मा घरेलु मैदानमा बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।

गोलको हिसाबले एकै वर्ष सबैभन्दा धेरै गोल गर्ने शीर्ष १० मध्ये ५ स्थान रोनाल्डोको नाममा छ । 

उनले सन् २०१५ र २०१७ मा सर्वाधिक १६ गोल गरेका छन् भने सन् २०१३ मा उनले १५ गोल गरेका थिए । सन् २०१२ र १४ मा उनले १३ गोल गरेका थिए ।

मेस्सीले सन् २०१६ र २०११ मा सर्वाधिक १३ गोल गरेका थिए ।

यो सिजन रोनाल्डोले सर्वाधिक ६ गोल गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप