सप्तरीमा भ्यागुते रोगको संक्रमण : पशु चौपाया मर्न थाले
राजविराज । भ्यागुते रोगको संक्रमण फैलिएपछि सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवामा पशुचौपाया मर्न थालेका छन् ।
रोगका कारण यहाँ अहिलेसम्म करिब दुई दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भइसकेको छ । कात्तिकको अन्तिम साताबाट सो रोगको प्रकोप देखा परेको हो ।
देउरी भरुवाका १३ जना किसानको गाई, गोरु, भैँसी, बाख्रालगायत पशुचौपायाको मृत्यु भएको स्थानीयवासी बौकाइ यादवले बताए । रोगका कारण पशुचौपायामा ¥याल आउने, दम फुल्ने, घाँटी दुख्ने र पातलो दिशा हुनेलगायत लक्षण देखिने गरेको किसानले बताएका छन् ।
जिल्ला पशु सेवा कार्यालयका पशु विकास, योजना तथा बजार प्रवद्र्धन शाखाका प्रमुख परमेश्वर यादवले भ्यागुते रोगका कारण नै पशुचौपायाको मृत्यु भएको बताए । उनले भ्यागुते रोग विरुद्धको भ्याक्सिन दिएपछि रोग नियन्त्रणमा आउन थालेको बताए । जिल्ला पशुसेवा कार्यालयबाट दुई जनाको टोली रोग प्रभावित क्षेत्रमा पठाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा