शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एउटा जनकलाकार मञ्चमै ढले, मञ्चबाटै भयो मृत्युको घोषणा

मङ्गलबार, ०५ मङ्सिर २०७४, १७ : ४७
मङ्गलबार, ०५ मङ्सिर २०७४

चितवन । बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जलीसभामा गीत गाउन चितवनमा गएका एक जनकलाकारको मृत्यु भएको छ ।

गीत गाएर पाख्रिन मञ्चमा बसेका थिए । उनले 'उठ जाग यूवा'हरु बोलको गीत गाएर यूवाहरुलाई उत्साहीत बनाएका थिए । 

त्यसपछि उनी मञ्चमा बसे । त्यसको केहीबेरपछि उनले अफ्ठारो भयो भन्दै असहजिलो माने । लगत्तै ढले । 

लगत्तै उनलाई अखिल क्रान्तिकारी पूर्व उपाध्यक्ष गोपाल न्यौपानेलगायतका माअ‍ोवादीका स्थानीय नेताले अस्पताल लगे । अस्पताल जाँदाजाँदै पाख्रिने बाटो वान्ता गरेका थिए । न्यौपानेका अनुसार उनको शरीर चिसो भैसकेको थियो । 

उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । 

अस्पतालमा लगेपछि त्यहाँ डाक्टरले ढिला भैसकेको खवर सुनाए । 

डाक्टरका अनुसार जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघातले मृत्यु भएको हो । 

पहिला अस्पातल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरे । 

पछि जुन मञ्चमा उनी ढलेका थिए, त्यहीँबाट मृत्यु भएको घोषणा गरियो । भरतपुर–९ को हाकिमचोकमा आज बामगठबन्धनको चुनावी सभा थियो । त्यहीँ सहभागी हुन आएका थिए उनी । तर, त्यहीँ नै उनको अन्तिम कार्यक्रम बन्यो । 

पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए ।

माअ‍ोवादीको बहुचर्चित चुनवाङ बैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गीत उनी पाख्रिनले लेखेका थिए ।

उनी पहिलो संविधानसभामा उनी सांसद थिए । उनी भरतपुर महानगरपालिका १९ का निवासी हुन् ।

उनका कान्छा छोरा जनयुद्धका सहीद हुन् । 

को हुन् पाख्रिन ?

नेकपा माओवादीका तर्फवाट निवर्तमान सभासद समेत रहेका पाख्रिनले विगत ३५ बर्षदेखी जनवादी गीत लेख्दै आएका छन । एक सयभन्दा बढी गीतमा आफैले स्वर दिएका पाख्रिनले ५ सय बढि गीत लेखेका छन । माया प्रितिभन्दा जनबादी गीतमा जीवन्तता हुने भएकोले आफूले जनताको पक्षमा गीत गाउदै हिडेको उनी बताउँछन् ।

‘सगरमाथाको काखमा नेपाल देश छ’ भन्ने बोलको गीतवाट जनवादी गीत लेख्न सुरु गरेका पाख्रिनले माओवादी जनयुद्धको क्रममा कयौँ गीत लेखेका थिए । त्यसैको सम्मान स्वरुप माओवादीले उनलाइ सभासद बनाएको थियो । ‘डाडाँ काडाँ फूटालेर बाटो बनायो, के पायो नि कुल्ली दार्इले ड्राइभरले ट्रयाक्सी गुडायो ’ भन्ने गीत ०३८ सालमा लेखिएको उनको चर्चित मध्येको एक हो ।

‘कालो बनको बीचैमा खेतालाको गाउँ, हाम्रो देशको व्यबस्था हेर्न त्यहाँ जाउँ ।’ भन्ने गीतपनि चलेको गीत हो । त्यसैगरी ‘लाल झुपडिका मान्छेहरु..’ ‘न्यायपूर्ण युद्धको लहरले..’ ‘रक्त क्रान्तिको बेला हो यो..’ र ‘लडदै छौ मुक्ति युद्ध..’ नामका गीतहरु उनका चर्चित छन् ।

 २००९ सालमा गोर्खाको खरिवोट सिस्नेमा जन्मेका पाख्रिन इच्छुक सास्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप