शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राजपाले भन्यो, ‘बामगठबन्धन सरकार बन्यो भने देशमा एकाधिकारवादी शासन’

बुधबार, ०६ मङ्सिर २०७४, २० : २९
बुधबार, ०६ मङ्सिर २०७४

काठमाडौ – बामगठबन्धनको सरकार निर्माण भए देशमा एकाधिकारवादी शासन शुरु हुने राष्ट्रिय जनता पार्टी नेपालले दावी गरेको छ ।राजपा नेपालले भोलि विहिवार सावर्जनिक गर्न लागेको घोषणापत्रमा वामगठबन्धन भनेको नै कम्युनिष्ट शासन हो, यो शासनलाई स्वीकार गर्न सकिदैन भनि उल्लेख गर्दै वामगठबन्धनलाई मतदान नगर्न सो पार्टीले आग्रह गरेको  हो । 

राजपा नेपाल वाम गठबन्धनप्रति कडा देखिएको छ भने काँग्रेसप्रति नरम देखिएको छ । काँग्रेससँग अझै सहकार्यको आवश्यकता रहेको कुरामा जोड दिँदै राजपा नेपालले आफ्नो घोषणापत्र मार्फत काँग्रेसलाई सुध्रिनका लागि आग्रह समेत गर्यो ।

 काँग्रेस लोकतन्त्रका लागि संघर्ष गरेको राजनीतिक दल हो तर, पछिल्लो समय लोकतन्त्रलाई छाडेको दावी राजपा नेपालले गरेको छ ।
यी दलको बारेमा राजपा नेपालभन्दा फोरम नेपाल ठीक फरक धारणा घोषणापत्रमा उल्लेख गरेको छ । केही दिन पहिले मात्र आफ्नो घोषणापत्र सार्वजनिक गरेको फोरम नेपाली काँग्रेस र एमालेप्रति कडा देखिएको छ भने, माओवादी केन्द्रप्रति नरम देखिएको छ । सविधान संशोधनमा काँग्रेस र एमालेले साथ नदिएको तथा माओवादी संशोधनप्रति सकारात्मक रहेको कुरा भने उल्लेख गरेको छ ।


त्यस्तै, फोरम नेपालले राजपा नेपाललाई सुधारवादी पार्टी भनेको छ तर राजपा नेपालले आफ्नो घोषणापत्रमा फोरम नेपालको बारेमा केही बोलेको छैन ।
राजपा नेपालले भोलि विहिवार महोत्तरीको जलेश्वरमा घोषणापत्र सार्वजनिक गर्न लागेको पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए ।  घोषणापत्र अध्यक्षमण्डलका छ जना सदस्यले सार्वजनिक गर्ने बताइएको छ ।


राजपा नेपालले सविधान संशोधनका लागि विशेष जोड दिएको छ । सविधानले अपूर्ण छ, पूर्ण नभएसम्म स्वीकार नगर्ने घोषणापत्रमा उल्लेख गरेको राजपा नेपालका एक नेताले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप