दुःखकैबीच आज थोरै खुसी बाँड्यो प्रचण्ड परिवारले !
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका छन् । जित हाँसिल गरेलगत्तै प्रचण्ड परिवारले खुसी साटेका छन् । चुनावकै माहोलका बीचमा पुत्र प्रकाशको देहान्तले पीडामा परेको सो परिवार तंग्रिन सकेको छैन ।
तैपनि प्रचण्डको जितलगत्तै परिवारका अधिकांश परिवार एकैठाउँमा जुटेको तस्वीर रेणु दाहालले सार्वजनिक गरेकी छन् । नातीलाई अगाडी राखेर तस्वीरको पोज दिएका प्रचण्ड र पत्नी सिता दाहालसँगै छोरी रेणु दाहाल पनि सँगै रहेकी छन् ।
सीताका अनुहारमा अझै खुसीको निखार आएको देखिदैन । लाग्छ, विजयको खुसी साटासाटको त्यो जमघटमा प्रकाश नहुँदा तस्वीरनै फिका जस्तो देखिन्छ ।
प्रचण्ड परिवारले पुत्र प्रकाश दाहालको देहान्तपछि पहिलोपटक खुसी साटे पनि सबैको अनुहार पीडा झल्किनै रहेको देखिन्छ । पीडाका बीचमा प्रचण्डले राजनीतिक अभियानमा भने विजय हासिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा